सोसल मिडिया सञ्जालमा अग्रणी कम्पनी फेसबुकले एउटा नयाँ फिचरको शुरुआत गर्न गइरहेको छ । जसबाट नेत्रहीन र नेत्रहीन फेसबुक उपयोगकर्ताहरुले फेसबुकमा शेयर गरिने तस्वीरहरुको अनुभूति गर्न सक्नेछन् ।
फेसबुकले सोमबारका दिन “अटोमेटिक अल्टरनेटिभ टेक्स्ट” नामक यो फिचर सेवा शुरु गरेको हो । यो स्वचालितरुपबाट नेत्रहीन प्रयोगकर्ताहरुलाई फेसबुकका तस्वीरहरुबारे वर्णन गराउने छ ।
द भर्ज नामक वेभसाईटमा प्रकाशित रिपोर्ट अनुसार, यो नयाँ फिचरको निर्माण फेसबुकको एउटा ५ वर्ष मात्रै त्यहाँ काम गरेको कार्यदलले गरेको हो ।
यो फिचरका लागि आर्टिफिसियल इन्टलिजेन्समा प्रयोग हुने कम्प्युटेशनल लर्निङ सिद्दान्त मशीन लर्निङको उपयोग गरिएको छ ।
रिपोर्टमा उल्लेख गरिए अनुसार, मेशिन लर्निङबाट आर्टिफिशियल इन्टलिजेन्सको निर्माणमा मद्दत पुग्छ । यसबाट भविष्यवाणी गर्नका लागि एल्गोरिदमको प्रयोग गरिन्छ ।
तस्वीरहरुलाई बुझ्नका लागि मेशिन लर्निङको उपयोग गर्ने कुरामा यसअघि नै गुगल र फ्लिकरले समेत यो सेवा सुरु गरेका थिए । यद्यपी यसमा त्रुटीको सम्भावना भने रहने गर्दछ ।
Wednesday, May 4, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment