300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 4, 2016

Tagged under:

यसरी काठमाडौंमा अब जुवा पनि अनलाइनबाट खेलाउन थालेपछी

काठमाडौं, २२ बैशाख । राजधानीमा अनलाइनबाट जुवा खेलाउने दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–२२ सुन्धारा स्थित काठमाडाँै मलमा रहेको चुस्की मःम सेन्टरमा अनलाईन जुवा खेलाउने संचालक चन्दन कुमार साह र भारत दिल्ली घर भई हाल धोबिधारा बस्ने बन्ठी गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

 साहले अनलाईन जुवा खेलाउँछन भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत जनसेवाबाट सोमबार खटिएको प्रहरी टोलीले उनलाई १ थान ट्याब्लेट, १ थान सामसुङ मोबाईल, नगद २ लाख ४६ हजार रुपैयाँ र विभिन्न फाईनान्सका ४ थान चेक सहित पक्राउ गरेको थियो ।

 अनुसन्धानको क्रममा बन्ठी गुप्तासंग अनलाईन मार्फत जुवा खेल्ने र गुप्ताले विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी जुवा खेलाउने गरेको भन्ने खुल्न आएपछि प्रहरीले गुप्तालाई समेत मंगलबार सुन्धराबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments:

Post a Comment