तेक्वान्दो खेलाडी निशा रावल ब्राजिलको रियो दि जेनेरियो शहरमा हुने ३१ औं गिष्मकालिन ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएकी छन्।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आज सार्वजनिक गरेको नामावलीमा तेक्वान्दोकी निशाले वाइल्ड कार्ड मार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन्।
उनी नेपालबाट रियो ओलम्पिकमा छनोट हुने पहिलो खेलाडीसमेत बनेकी छन्।
तेक्वान्दोका चार कोटामध्ये एउटा नेपालकी खेलाडीले पाउन सफल भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।
निशाले यसअघि सन् २०१४ को इन्चोन एशियाडमा सहभागी भएकी थिइन्। घरेलु प्रतियोगितामा उनी ७३ केजी माथि तौलसमूहमा खेल्दै आएकी छन् ।
Tuesday, May 24, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment