300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 24, 2016

Tagged under:

किशोरीको फेसबुकमा लभ परेपछि

महेन्द्रनगर, ११ जेठ । नेपालको पश्चिमी सिमा नाका गड्डाचौकीबाट एक किशोरीको उद्धार गरिएको छ । गड्डाचौकी नाका देखी भारतको मनाली, हिमाञ्चल भारत लैजादै गरेको अवस्थामा गोश्वरा रामेछापकी एक किसोरीको माईती नेपाल कञ्चनपुरले उद्धार गरेको हो ।

 हाल भक्तपुरमा कोठा भाडामा बसेर १२ कक्षामा पढदै आएकी किशोरीसंगै बुढाखानी—१ काभ्रे घर भएका र हाल काठमाडौ डेरा गरी बस्दै आएका बर्ष ३७ का तेज बहादुर स्याङ्तान उर्फ विजय मोक्तानलाई गड्डाचौकीबाट समातिएको हो । सोधपुछका क्रममा घुम्नका लागि भारततिर जान लागेको र केहि शंकास्पद कुराहरु जानकारीमा आएपछि किशोरीलाई माईती नेपालको आवधिक गृहमा र स्याङ्तान लाई प्रहराको जिम्मा लगाईएको थियो । करिब २ वर्ष अघि स्याङ्तानको किशोरीको मोबाईलमा मिसकल आएको र त्यसपछि पटक पटक उनी दुवैबीच फोन तथा समाजिक सञ्जाल फेसबुकमा सम्पर्क हुदै आएको थियो ।

 फेसबुक मार्फत दुवैको माया बसेपछि जे्ष्ठ ७ गते स्याङ्तानले परिवारको जानकारी विनानै किशोरी लाई हिमाञ्चलमा काम गर्दे आएको साथिकहा काम पनि गर्ने र पछि विहे पनि गर्ने प्रलोभन देखाई भारततिर लैजादै गरेको हुँदा किशोरीलाई बेचविखनका लागि लैजान लागेको हुनसक्ने शंका लागेर समातिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् ।

 किशोरीलाई सोमबार आफन्तका जिम्मा लगाएको र संगै आएका स्याङ्तानलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमार्फत मानव बेचविखन तथा ओसारपसार अन्तर्गगत मुद्दा दर्ता गरी थप कार्वाही अगाडि बढाईएको छ । जनवरी २०१६ देखि अहिले सम्म जिल्ला अदालत कञ्चनपुरमा माइती नेपालले मात्रै मानव बेचबिखनका चार वटा मुद्धा दर्ता गरेको छ । यस अवधिमा गड्डाचौकी सिमानाका बाट बेचबिखनको उच्च जोखिममा रहेका नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्म बिभिन्न जिल्लाका १०३ जना महिला तथा बालबालिकाको रोकथाम तथा उद्धार गरेको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।

0 comments:

Post a Comment