एजेन्सी: आफूलाई सधै फिट एण्ड फाइन रहेको बताउने बलिउडका सुपरस्टार सलमान खानले बुढो महसूस हुन थालेको स्वीकारे गरेका छन्।
आइफा अवार्ड्स कन्फेरेन्समा बिबाह गर्ने उमेर अब घर्किसकेको भन्दै उनले आफूलाई बुढो भएको अनुभव भइरहेको बताएका हुन्।
उनी नाच्ने विषयमा दर्शकले प्रश्न उठेपछि उक्त कन्फेरेन्समा भनेका थिए, ' अब मलाई पहिलेको जस्तै टाइगर या रितिक जस्तै नसोच्नुस्।
किनकी म नि आफूलाई अब पहिलेको जस्तो फिट्नेस राख्न सक्नदिन्।'
यसबाटै पुष्टि हुन्छ की अब सलमान खान पहिलेको जस्तै फिट्नेस र नाच्न सक्दैनन् तर अझै पनि उनी नाचेको हर्न चाहने दर्शक/फ्यानको भने कमी भएको छैन्। उनको नाच्ने शैलीमा धेरै फ्यानहरु अहिले पनि आकर्षित हुन्छन्।
यसका साथै उनले आफ्नो विबाहको प्रसँग निकाल्दै लुकीछिपी शैलीमा विवाह नगर्ने जिकिर गरेका छन्। उनले भनेका छन्, 'म लुकीछिपी विवाह गर्दिन, सबैलाई जानकारी दिएर मात्रै विवाह गर्छु। तर चाडैं भने विवाह हुन सक्ने सम्भावना कम छ।'

0 comments:
Post a Comment