300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 19, 2016

Tagged under:

ससुरालाई पछिपार्दै ऐश्वर्या अगाडि पुगिन

मुम्बई । बलिउड नायिका ऐश्वर्या राय बच्चन उनकै पति अभिषेक बच्चनभन्दा धनी छिन् । सन् १९९४ मा विश्व सुन्दरी घोषित ऐश्वर्याले एउटा चलचित्रमा अभिनय गरेबापत ६ देखि १० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् । त्यस्तै विज्ञापन उनको आम्दानीको अर्को स्रोत हो । उनी विभिन्न ब्राण्डका उत्पादनको आधिकारिक प्रचार गर्द्छिन् ।

 उनले नौ वर्षकै उमेरमा एउटा पेन्सिलको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले टाइटन, लोरियल, कोकाकोला, लेक्मे, फिलिप्स, पामोलिभ, लक्स लगायत कयौं कम्पनीको विज्ञापन गर्दै आएकी छन् । सन् २०१४/०१५ मा उनले ६ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम विज्ञापनबाटै हासिल गरेकी थिइन् । हाल उनीसँग २३४ करोड रुपैयाँको सम्पत्ति रहेको बताइएको छ । ऐश्वर्यालाई चलचित्र ‘हम दिल दे चुके सनम’ र ‘देवदास’ का लागि उत्कृष्ट नायिकाको अवार्ड दिइएको थियो ।

0 comments:

Post a Comment