वैशाख, काठमाडौं - साइबर क्राइमको अभियोगमा पत्रकार मनोजकुमार राई (भद्रगोल किराती)लाई प्रहरीले पक्राउ गरेको छ ।
’गाउँले’ मासिकका सम्पादक/प्रकाशकसमेत रहेका राईलाई शुक्रबार दिउँसो छलफल गर्न भनी झुक्याएर प्रहरीले पक्राउ गरेको हो।
हाल प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई शुक्रबार दिउँसो दुई बजे झुक्याएर प्रहरी वृत्त कमलपोखरीले पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई हनुमानढोका पुर्याएको थियो ।
भक्तकुमार राई उर्फ गड एन्जलबारे खोजमूलक रिपोर्ट प्रकाशित गर्दै सामाजिक सञ्जालमा समेत प्रकाशित गर्दै आइरहेका राईलाई साइबरक्राइमको मुद्दा दर्ता गरी हिरासतमा लिइएको छ ।
उनलाई प्रहरी परिसर काठमाडौंले ५ः२० बजे पक्राउ पुर्जी थम्याउँदै थुनामा राखेको छ ।
स्रोतका अनुसार राईले गड एन्जलबारे खोजमूलक पुस्तक ’गड होइन ठग एन्जल’ बाहिर ल्याउने तयारीमा थिए । यसैका निम्ति शनिबार (भोलि) काठमाडौंमा एक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेका राईलाई ईलाम जिल्ला निवासी हेंखामा हाङखिमको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Friday, May 6, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment