300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

राजधानीबाट - सरकार ढाल्ने खेलपछि कांग्रेसमा लफडा

काठमाडाैं, २५ वैशाख - पार्टीभित्र परामर्श नै नगरी सरकार ढाल्ने खेलमा लागेकै कारण असफल भई पार्टीकै बदनाम भएको भन्दै कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको छ।

 बरिष्ठ नेता पौडेल पक्षधरले शुक्रवार भेला गरी देउवाको कारण पार्टीको शाख नराम्रोसँग गिरेको भन्दै चर्को आलोचना गरेका छन्। पौडेल पक्षधर नेताले सरकार परिवर्तनको प्रयासबारे पार्टी नेतृत्वले पार्टीभित्र छलफल नगरेको भन्दै आपत्ति जनाएका हुन्।

 सभापतिले आफूहरुलाई कुनै जानकारी समेत नगराएको भन्दै यस्तो कार्यशैलीबाट पार्टी अघि नबढ्ने निष्कर्षसमेत पौडेल पक्षले निकालेको छ। पौडेल पक्षधर नेताहरु कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, आनन्द ढुंगाना, मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायत २० बढी केन्द्रीय सदस्यले शुक्रवार काठमाडौंमा भेला गरी देउवाविरुद्ध खनिएका हुन्।

 ’सरकार ढाल्न किन आवश्यक पर्यो। पार्टीभित्र छलफल गर्न किन आवश्यक ठानिएन, कसको इसारामा यस्तो काम भयो?’ जानकारी माग्ने क्रममा देउवासँग उनीहरुको भनाई थियो। देउवाले भने एमाओवादी अध्यक्ष प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने सहमति भएकै कारण अघि बढेको बताएका छन्।

0 comments:

Post a Comment