300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 24, 2016

Tagged under:

नक्कली डलर र भारुको कारोबारमा संलग्न आठ पक्राउ

काठमाडौँ, जाली अमेरिकी डलर १९ हजार ५०० र जाली भारतीय रुपैयाँ ३६ लाखसहित एक पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय, विशेष ब्युरोको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले पाकिस्तानी नागरिक सामा नाजलाई जेठ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गोल्डेनगेटबाट पक्राउ गरेको हो । 

 उनी कराँचीबाट दोहा हुँदै कतार एयरवेयजबाट काठमाडौँ आएको महानगरीय प्रहरी कार्यालयमा मङ्गलबार आयोजित पत्रकारसम्मेलनमा ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले जानकारी दिनुभयो । उनले सुटकेसमा फल्सबटम बनाई तथा विभिन्न खाद्य सामग्रीका प्याकेटभित्र जाली मुद्रा प्याकिङ गरी हवाईमार्गबाट काठमाडौँ ल्याउने गरेको, जाली मुद्रा स्थानीय वितरकलाई वितरण गर्ने गरेको, जाली मुद्रा पठाउने व्यक्तिलाई हुन्डीमार्फत रकम भुक्तान गर्ने गरेको पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

 बरामद जाली डलर नेपालमा पहिलोपटक यति ठूलो परिणाममा बरामद भएको प्रहरीले जनाएको छ । नक्कली भारुको कारोबार संलग्न सात पक्राउ महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले जाली भारतीय रुपैयाँसहित त्यसको कारोबारमा संलग्न एक भारतीय र छ नेपाली नागरिकलाई पक्राउ गरेको छ । नक्कली भारुलाई सक्कली भनी सटही गरिरहेको अवस्थामा तीन लाख ३२ हजार ५०० सहित दुई जनालाई महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको थियो ।

 पक्राउ परेकाले दिएको सूचनाका आधारमा सो कारोबारमा संलग्न थप पाँच जनालाई समेत १६ लाख ५४ हजार ५०० जाली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिरी घर भई हाल धुम्बाराही बस्ने मीरा जिरेल, बूढानीलकण्ठ नगरपालिका, कपन बस्ने सुमन मल्ल, सप्तरी मलहनमा घर भई धुम्बाराही बस्ने तारणीप्रसाद ठाकुर, भारत जमोई सिमुलतल्ला थाना तेल्वाबजार घर भई सिरहा बस्ने बैजनाथ गुप्ता, रुपन्देही घर भई गोङ्गबु बस्ने विजयराज शर्मा, गुल्मी घर भई टोखा नगरपालिका, महादेवटार बस्ने सनद प्रधान र डोटी घर भई कालोपुल बस्ने अमृतमान श्रेष्ठ रहेका छन् । पक्राउ परेका बैजनाथ गुप्ता लागुऔषध मुद्दामा २०५२ देखि २०६७ सालसम्म केन्द्रीय कारागारमा थुनामा रहेको र विजय शर्मा लागुऔषध मुद्दामा २०५८ देखि २०६७ सालसम्म नख्खु कारागारमा थुनामा रहेको खुल्न आएको छ ।

0 comments:

Post a Comment