300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 31, 2016

Tagged under:

लुट २’ टिजर रिलिज (भिडियो)

विसं. २०६९ को पुसमा रिलिज सुपरहिट फिल्म ‘लुट’को सिक्वेल ‘लुट २’को टिजर रिलिज भएको छ। फिल्म छायांकनमा जानुपूर्व नै फिल्मको टिजर सार्वजनिक गरिएको हो। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक निश्चल बस्नेतले लुट २ लुटभन्दा केही भिन्न रहने जानकारी दिए। ‘फिल्म समसामयिक सामाजिक विषयमा केन्द्रित हुनेछ,’ निश्चलले भने, ‘भूकम्प र नाकाबन्दीका साथै अपराधका विषयलाई मुल कथाका रुपमा पेश गरिनेछ।’ लुट रिलिज हुँदा सरकारसम्बद्ध चलचित्र विकास बोर्डले फिल्म क्षेत्रमा संक्रमणकाल घोषणा गर्ने तयारी गरिरहेको थियो। लुट रिलिज भयो।


 हिट पनि भयो र नेपाली फिल्मक्षेत्रमा थुप्रै गम्भीर प्रश्न उब्जाइदियो। फिल्ममा निर्देशकका साथै निर्माता र अधिकांश कलाकारहरु दोहोरिनेछन्। माधव वाग्ले, नरेन्द्र महर्जन र निश्चल स्वयं फिल्मका निर्माता हुन्। निश्चलको स्वामित्वमा रहेको ‘ब्ल्याक हर्स पिक्चर्स’ र वाग्लेको ‘प्रिन्सेज मुभिज’ को ब्यानरमा फिल्म निर्माण हुनेछ। लुटमा कर्मा, सौगात मल्ल, दयाहाङ राई, प्रतीकराज न्यौपाने, सुशीलराज पाण्डे, प्रवीण खतिवडा, ऋचा शर्मालगायतले अभिनय गरेका थिए। फिल्म फागुन १३ मा रिलिज हुनेछ।

0 comments:

Post a Comment