तर मनिषा आशिषले भनेझैं आफैले पासो लगाएकी हुन् वा आशिषलेनै हत्या गरेका हुन् भन्ने विषय अन्यौलमै छ ।
मनिषाको हत्या अथवा आत्महत्या के हो भन्ने विषय प्रहरी अनुसन्धानबाट मात्रै खुल्न सक्ने पोष्टमार्टममा संलग्न चिकित्सकहरुले बताएका छन् ।
पोष्टमार्टम रिपोर्टमा मनिषाको गालामा सामान्य चोट भएको र घाँटीमा २५ सेन्टिमिटरको डाम रहेको देखिएको छ ।उक्त डाम आशिषले भनेको सलसँग मिल्दोजुल्दो छ । अब मनिषाको मृत्युको सत्यतथ्य आशिषसँग लिइएको पोलिग्राफ रिपोर्ट र प्रहरीको थप अनुसन्धानबाट मात्रै खुल्ने निश्चित भएको छ । मंगलबार नै नवलपरासी प्रहरीले आशिषको पोलिग्राफ गरेर रिपोर्ट काठमाडौं पठाएको छ । तर पोलिग्राफ रिपोर्ट भने अझै सार्वजनिक भएको छैन । १७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् ।
0 comments:
Post a Comment