एजेन्सीः भारतीय सेनाको एक डिपोमा आगलागी हुँदा दुई सैन्य अधिकृतसहित १७ जनाको मृत्यु भएको छ ।
महाराष्ट्र राज्यस्थित पुलगाउँमा रहेको भारतीय सेनाको केन्द्रीय हातहतियार डिपोमा मंगलबार बिहान आगलागी हुँदा कयौँ घाइते भएका छन् ।
घटनास्थलमा रहेका सैन्य अधिकारीका अनुसार धेरै घाइतेको अवस्था चिन्ताजनक रहेको छ । आगलागी नियन्त्रणमा आए पनि हतियार राखिएको क्षेत्र भएकाले अझै विष्फोटको खतरा रहेको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार अगलागीको समयमा पटकपटक विष्फोटको आवाज सुनिएको थियो । आगलागी मंगलबार बिहान दुई नबज्दै सुरु भएको थियो ।
आगलागीको कारण अझै खुल्न नसकेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।
Tuesday, May 31, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment