मुम्बई । बारमा गीत गाएर फर्किएकी एक भारतीय गायिकाको मध्यराति सडकमै बलात्कार भएको छ ।
भारतको कोलकातास्थित भिआइपी रोडको एक बारमा गीत गाउने २६ वर्षीया ती गायिकालाई सडकबाट ट्याक्सीमा जबरजस्ती चढाएर ४ जनाले ३ घण्टासम्म बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बलात्कारपछि उनीहरुले ती महिलालाई सडकमा फालिदिएका थिए । आइतबार राति आफ्नो सिफ्ट सर्केर सेक्टर ५ रहेको एउटा क्याफेमा जान लागेकी उनलाई करिब चारजनाले उनलाई तानेर कारमा चढाएका थिए ।
त्यसपछि कार गुडिरह्यो । भित्र उनको पालैपालो बलात्कार भइरह्यो ।
बिहान साढे ३ बजे उनलाई सडकमै फालेर कारवाला बलात्कारीहरु फरार भएका थिए ।
बाटोमा एक ट्याक्सी ड्राइभरले उनलाई भेटेपछि अस्पताल पुगाएका थिए । अस्पतालको मेडिकल रिपोर्टले उनको बलात्कार भएको पुष्टि गरेको छ । बलात्कार पुष्टि अस्पतालबाटै भएपछि प्रहरीले मुद्दा तर्दा गरेर अभियुक्तहरुको खोजी गरिरहेको छ । dainikneepal
Tuesday, May 31, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment