300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 13, 2016

Tagged under:

सोनाक्षीले भनिन् ‘टुँडिखेल आउनुस् है’

१ जेठ, काठमाडौं ।

आज टुँडिखेलमा हुने कन्सर्टमा सहभागी हुन शुक्रवार काठमाडाैं आएकी बलिउड नायिका सोनाक्षी सिन्हाले ट्वीट गर्दै नेपाली दर्शकलाई टुँडिखेलमा हुने कन्सर्टमा सहभागी हुन आग्रह गरेकी छिन् । श्रीमती सैनिक संघको आयोजनामा आज हुने ‘अमरपन्छी’ नाम दिइएको कार्यक्रममा सहभागी हुन बलिउड नायिका सोनाक्षी र मलाईका अरोरा काठमाडौं आइपुगेका छन् ।

उनीहरु दुबैको नेपाल आगमन पहिलो हो । उक्त कार्यक्रममा नेपाली नायिका पि्रयंका कार्की, रेखा थापा, ऋचा शर्मा, निशा अधिकारी, मोडल सहाना बज्राचार्य र गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुत गर्ने भएका छन् ।

 भूकम्पपीडितको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । हिन्दी चलचित्र ‘दबंग’बाट बलिउडमा प्रवेश गरेकी सोनाक्षी बलिउडमा चर्चामा रहेकी नायिका हुन् भने मलाई आईटम डान्सका लागि चर्चित छिन् ।

0 comments:

Post a Comment