
जीरा र कागतीलाई कसरी प्रयोग गर्ने ? हरेक रात एक चम्चा जिरा सफा पानीमा भिजाएर राख्नुहोस । भोलिपल्ट बिहान खाली पेटमा भिजाएको जीरालाई चपाएर खानुहोस् । जीरा भिजाएको पानीलाई तताउनुहोस् अनि आधा कागतीलाई निचोरेर पानीमा हाल्नुहोस् । त्यसपछि चिया झैं उक्त पानीलाई खानुहोस् । यो विधिलाई एक महिनासम्म प्रयोग गर्नुभयो भने यसको नतिजा देखेर तपाई अचम्म पर्नुहुनेछ ।
यो विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा माथि उल्लेख गरिएको विधि प्रयोगमा ल्याउँदा अपनाउनुपर्ने पहिलो नियम भनेको आफ्नो आहारलाई कम गर्नु हो । बिहान जीरापानी र कागती खाएपछि दिउँसो १२ बजे पछि मात्रै भोजन लिनुपर्दछ । त्यस्तै खाना खानुभन्दा अगाडि एक प्लेट सलाद खानुभयो भने झन राम्रो हुन्छ । साथै भोजनमा हरियो सागसब्जी बढी प्रयोग गर्नुहोस् । र राति सुत्नुभन्दा २/३ घण्टा पहिला खाना खानुहोस् ।
दिउँसो र राति खाना खाएपछि एक गिलास चियामा आधा कागती मिसाएर खानु उपयुक्त हुन्छ भने खाना खाँदा चिसो पानी बिल्कुल पिउनुहुँदैन । मैदाबाट बनेको खाद्यपदार्थ र गुलियो पदार्थलाई तपाईबाट टाढै राख्नुहोस् । फलफूलको रसभन्दा पनि फलफूल नै खाँदा राम्रो हुन्छ किनकी यसो गर्दा फलफूलमा भएको फाइवर वा रेशापनि पेटमा जाने हुनाले चाँडो भोक लाग्दैन । यसबाहेक योगा, व्यायाम तथा मर्निङ वाल्क गर्नुभयो झन राम्रो हुन्छ । यी सबै कुरालाई ख्याल गर्नु भयो भने एक महिनामा नै शरीरको तौल घटेर तपाई स्लिम बन्नु हुनेछ ।
0 comments:
Post a Comment