300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 13, 2016

Tagged under:

सोनाक्षी र मलाइका टुँडिखेलमा नाच्दै

काठमाडौं, जेठ १ – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका अरोरा खानले शनिबार काडमाडौंको टुँडिखेलमा आफ्नो प्रस्तुति देखाउँदैछन् ।

 सोनाक्षी र मलाइकाले दिउँसो टुँडिखेलमा हुने अमरपक्षी नामको कन्सर्टमा नेपाली दर्शकलाई आफ्नो प्रस्तुतिद्वारा मनोरञ्जन प्रदान गर्न लागेका हुन् ।

 गएको वर्षको वैशाखमा आएको भूकम्पबाट पीडित भएकाको सहयोगका लागि सैनिक श्रीमती संघको आयोजनामा हुन लागेको कन्सर्टमा सहभागी हुन अभिनेत्री सिंहा र खान शुक्रबार नै काठमाडौं आइसकेका छन् ।

 सोनाक्षी सिंहाको यो पहिलो नेपाल भ्रमण हो । उनले शुक्रबार नेपाल आउनु केही समय अघि नेपाली दर्शकलाई सम्बोधन गरेर ट्वीट गरेकी थिइन् । उनले ट्वीटमा लेट्स डान्स ह्यासट्याग टुगेटर फर नेपाल उल्लेख गरेकी थिइन् ।

0 comments:

Post a Comment