300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

अचम्म : मुखले कैंची चलाएर २५ घण्टामा ११८ जनाको कपाल काटे यिनले

बनारस, एजेन्सी । गिनिज बुकमा नाम लेखाउने धूनमा मान्छेले के सम्म गर्दैन ? भारतको बनारसका यी व्यक्तिले त अचम्मै गरेका छन् । मोहम्मद अन्सार नामक यी व्यक्तिले २५ घण्टा २० मिनेटसम्म ११८ जनाको कपाल काटे ।

 तर यो ठूलो कुरा हुने थिएन, उनले कपाल हातले कैंची चलाएर भने काटेनन् बरु मुखले कैंची चलाएर उनले यति धेरै मानिसका कपाल काटेपछि यो निकै चर्चाको विषय बनेको छ । टाउकोका कपालदेखि जुंगा र दारीसमेत निकै कुशलतापूर्वक उनले काटेका थिए । मगंलबार साँझ ७ बजेदेखि बनारसको नदेसर नजिक टेण्टमा बनेको सैलुनमा कपाल काट्न सुरु गर्दा उनी आफैले पनि यति धेरै मानिसका कपाल काट्न सक्छु भनेर सोचका थिएनन् होला ।

 बुधबार रातीदेखि उनले २५ घण्टा २० मिनेटमा ११८ जनाका कपाल काटेर छोडेपछि मानिसहरुले फूलमालाले उनलाई ढाके । सम्भवतः यो संसारको पहिलो यसप्रकारको कीर्तमान हुनसक्ने बताइन्छ । दुबई फेस्टिबलमा गिनिज बुक का मानिसहरुसँग भेट भएपछि उनलाई यस्तो आइडिया आएको बताइन्छ । अन्सारीले यो अवधिमा ग्लुकोज र पानी मात्रै पिएको बताइन्छ ।

0 comments:

Post a Comment