उनले शनिबार झुण्डिएर ज्यान दिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसका अध्यक्ष सुबास मल्लले बताएका छन् ।
अञ्जु साइप्रसको लिमासोलमा बस्दै आएकी थिइन् । अध्यक्ष मल्लका अनुसार सुनुवारको शबलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । अञ्जुले झापा घर भएका निशान राईका कारण आत्महत्य गरेको राजमाया सुनुवारले आरोप लगाएकी छिन् ।
अञ्जुसँगै साइप्रसमा रहँदै आएकी राजमायाले भनिन्, ‘झापा घर भएको निशान राईसँग फोनमा झगडा परेको थियो । त्यसपछि निराशी थिइन् । पछि झुण्डिएर आत्महत्या गरिछन् ।’ फेसबुकबाट मायापिरत बसेका अञ्जु र निशानबीच पछिल्लो समय टकराव चल्दै आएको थियो ।
निशानले अञ्जुलाई फोन गरेर पैसा माग्ने र विभिन्न खालका ब्ल्याकमेलिङ गर्ने गरेको आरोप राजमाया सुनुवारको छ । साइप्रस जानुअघि अञ्जु र निशानबीच फेसबुकमार्फत प्रेम भएपछि नियमित भेटघाट हुँदै आएको थियो । थुप्रै फेक फेसबुक आइडी बनाएर युवती फसाउँदै हिँड्ने गरेका झापाका निशान राईकै कारण अञ्जुले आत्महत्या गरेको राजमायाको भनाइ छ । यतिसम्मकी निशानले अञ्जुका नाङ्गा तस्बिर सार्वजनिक गर्नेसम्मका धम्की दिएर पैसा असुल्दै आएको खुलेको छ ।
निशान राईकै कारण साइप्रस जाँदा लागेको ऋण अञ्जुले तिर्न सकेकी छैनन् । पैसाभरि सबै निशानलाई पठाउने गरेका कारण ऋण तिर्न नसकिएको राजमाया सुनुवारको भनाइ छ । राजमाया र अञ्जु सन् २०१४ को सेक्टेम्बरमा साइप्रस रोजगारीका लागि पुगेका थिए । उनीहरू प्रतिव्यक्ति करीव पाँच लाख रुपियाँ सामाखुसीस्थित केआईआई म्यानपावर कम्पनीमार्फत साइप्रस गएका हुन् ।

0 comments:
Post a Comment