300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

नम्बरी जग्गा दाइजाे नपाउँदा बिहे भाँडियो

पर्साको लखनपुर ४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन ३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते विवाह गर्ने तय भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पुरा गरिसकेका थिए। जन्तिका लागि बेहुलीको घरमा खानाका परिकार पनि पाकिसकेका थिए। तर राती अबेरसम्म कुर्दा न जन्ती आए न बेहुला नै ।

 दाइजोमा जग्गा नपाएको भन्दै बेहुला जन्ती लिएर नगएका हुन्। बेहुली पक्षले बेहुला पक्षलाइ दाइजोमा नगद ५० हजार रुपैया र नम्बरी तीन कठ्ठा जग्गा दिने शर्तमा सुनिता र हरिशंकरको विहे बैशाख १७ गते हुने तय भएको थियो। दाइजोमा कबुल गरिएको अनुसार बेहुली सुनिताका बुबा मथुराले बेहुला हरिशंकरका बुबा गणेशलाइ नगद ५० हजार रुपैया बिवाह तय गरिएको मिति भन्दा एक हप्ता पहिले नै बुझाइसकेका थिए। तर नम्बरी जग्गा खेत बैंकमा धितो राखिएका कारण मथुराले आफनो नाममा मोही रहेको पाँच कठ्ठा १० धुर जग्गा दाइजोमा दिने प्रस्ताव राखेपछि बेहुला पक्षले अस्विकार गरेको थियो।

0 comments:

Post a Comment