300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

नेपाल प्रहरी हतियारसहित भारत पसेर पक्राउ गरेको भारतीय मिडियाको दाबी, वास्तविकता यस्तो छ

३ जेठ, काठमाडौं । भारतीय प्रहरीले अनाधिकृतरुपमा नेपालभित्र घुसेर गतिविधि गरेको समाचार त बारम्बार नेपाली मिडियामा सार्वजनिक भएकै हो । तर यसपटक ठ्याक्कै यही प्रकृतिको समाचार भारतीय मिडियामा आएको छ । हिन्दुस्तान पत्रिकाको अनलाइन संस्करणले नेपाल प्रहरीले भारतीय सीमाभित्र हतियारसहित प्रवेश गरेर एक युवकलाई ‘उठाएको’ भन्दै समाचार प्रकाशित गरेको छ ।

 आइतबार नेपाली प्रहरी भैरहवासित सीमा जोडिएको सुनौलीमा कुनै सूचना बेगर प्रवेश गर्दा भारतीय सुरक्षा निकायहरु हेरेको हेर्‍यै भएको समाचारमा उल्लेख छ । हिन्दुस्तान डटकम लेख्छ, ‘यद्यपि जिम्मेवार निकायहरुले घटना इन्कार गरेका छन् ।’ के हो वास्तविकता ? बुटवल उपमहानगरपालिका- १ का गिरबहादुर विकलाई आइतबार बिहान आठ बजे बेलहिया प्रहरी चौकीको टोलीले सुनौलीबाट पक्राउ गरेको थियो । उनलाई लागूऔषध स्पास्मो ७२ ट्याबलेट, नाइट्रोसन १५१ ट्याबलेट खुट्टाको तिघ्रामा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ गरेपछि थुनामा राखेपछि दिउँसो जिल्ला प्रहरी कार्यालयमा लैजाने क्रममा उनी प्रहरीलाई छलेर भागे । प्रहरीले पछ्याउदै जाँदा उनी भारतीय सीमातर्फ प्रवेश गरे ।

तर दशगजाबाटै प्रहरीले उनलाई नियन्त्रणमा लिन सफल भएको बेलहिया चौकीका प्रमुख प्रहरी निरीक्षक अभय विक्रम साहले अनलाइनखबरलाई बताए । हिन्दुस्तानको समाचारमा भने घटनालाई तोडमोड गरिएको छ । समाचारमा अगाडि लेखिएको छ, ‘आइतबार सीमावर्ती कस्वा सुनौलमा सबै सामान्य थियो । दिउँसो १ः३० बजे नेपालको बेलहिया चौकीका प्रहरी कस्बेउमा अनुमतिबिना रामजानकी चौरस्तासम्म हतियार लिएर पुगे । उनीहरुले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेर लगे । यस क्रममा एसएसबी, भन्सार र प्रहरी अधिकारीले उनीहरुलाई रोकेनन् । यो घटनाबारे सुनौलीमा तैनाथ जिम्मेवार डिएर र एसपीसम्मलाई जानकारी दिइएन । यस विषयमा जानकारी पाएपछि डिएम वीरेन्द्र कुमार सिंह र एसपी भारत सिंह यादवले छानविन गर्ने बताएका छन् ।’

0 comments:

Post a Comment