300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 20, 2016

Tagged under:

फेसबुकले ध्वस्त बनाउँछ वैवाहिक जिवन, अध्ययन यसो भन्छ

सोसल साइट फेसबुकका धेरै फाइदा होलान् तर वैवाहिक जिवनका लागि भने फेसबुक निकै हानिकारक रहेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार फेसबुकको लतले वैवाहिक सम्बन्धमा दरार पैदा गर्न सक्दछ । ४७ प्रतिशत फेसबुक प्रयोगकर्ताले कुनै न कुनै बेला भावनात्मक रुपमा धोकाको सिकार हुने गरेका र आफुले पनि कहिलेकाहीँ यस्तो धोकाधडी गरेको शोधका क्रममा देखिएको छ । फेसबुकका कारण भावनात्मक सम्बन्ध निकै प्रभावित हुने गरेको छ । स्टप प्रोक्रास्टिनेटिंग नामक संस्थाले झण्डै ५ हजार प्रयोगकर्तामा गरेको अध्ययन अनुसार फेसबुकले रोमान्टिक सम्बन्धमा नराम्रो असर पूराउने देखिएको छ ।

 सर्भेक्षणमा सहभागी गराइएका मानिसहरुको उमेर ३३ वर्षको आसपासमा थियो । गत १२ देखि १५ अपि्रलको बीचमा गरिएको सर्भेक्षणका क्रममा प्राप्त केही नतिजा यस्ता छन्ः २६ प्रतिशत फेसबुक प्रयोगकर्ताले आफ्नो पार्टनरबाट उपेक्षित महसुस गर्ने गरेका छन् । यो कुरालाई लिएर उनीहरुबीच झगडा पनि हुने गरेको छ । पार्टनरमा भन्दा फेसबुकप्रति उनीहरुको लगाव तथा अपनत्व बढि हुने गरेको छ ।

४४ प्रतिशत फेसबुक प्रयोगकर्ताले फेसबुकले आफ्नो रोमान्टिक लाइफ बर्बाद गरेको बताएका छन् । पार्टनरहरु आफ्नो लाइफ पार्टनरसँग रोमान्टिक क्षणहरु बिताउने बेला फेसबुकमा स्टाटस अपडेट गरेर बस्ने गरेको पाइएको छ
। ४७ प्रतिशत फेसबुक प्रयोगकर्ताले आफु फेसबुक चिटिंगबाट पीडित भएको बताएका छन् । विवाहेत्तर सम्बन्ध तथा सम्बन्ध विच्छेदका लागि फेसबुक जिम्मेवार रहेको तर्क ६७ प्रतिशतको छ ।

४६ प्रतिशले इष्र्याका कारण घरीघरी आफ्नो पार्टनरको फेसबुक चेक गर्ने गरेका छन् । २२ प्रतिशत विवाहित मानिसहरु फेसबुकका कारण आफ्नो पार्टनरभन्दा अरु नै सँग अफेयर हुने परिस्थितिको सिर्जना हुने गरेको बताउँछन् ।

३२ प्रतिशत फेसबुक प्रयोगकर्ताको भनाइ छ की उनीहरुको यौन जिवन अब पहिलेको जस्तो रहेन । पार्टनरको फेसबुक चेक गर्दागर्दै आफ्नो पार्टनरप्रतिको प्रेममै गिरावट आउन थालेको छ ।

१७ प्रतिशत फेसबुक प्रयोगकर्ता महिलाहरु फेसबुककै माध्यमबाट आफ्नो भुतपूर्व ब्वायप|mेण्डसँग हाल निकट सम्बन्धमा रहेका हुनछन् । शोधकर्ता टिम रोलिन्सका अनुसार फेसबुकले साथीहरु खोज्ने तथा साथीहरुसँग नजिकमा रहने मन्च प्रदान गर्ने भएपनि यसले विवाहेत्तर सम्बन्धको खतरा पनि बढाउँदछ । फेसबुकले प्रेमपूर्ण दाम्पत्य सम्बन्धमा खटपट ल्याइदिने जोखिम उच्च हुन्छ ।

0 comments:

Post a Comment