300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 20, 2016

Tagged under:

महिलाका लागि नांगा पुरुष नोकर आपूर्ति गर्ने कम्पनी

बेलायतको एक कम्पनीले खास प्रकारका पुरुष नोकर उपलब्ध गराउने काम गर्दछ । खास तरहको यस अर्थमा की यस्ता पुरुष नोकरहरु अर्धनग्न हुन्छन् ।

 सन् २००१ मा जलसेनाका पूर्व अधिकृत जेसन डिडकटले यो कम्पनी खोलेका थिए । बटलर्स इन दी बफ नामको यो कम्पनी विश्वकै पहिलो नांगा पुरुष नोकर आपूर्ति गर्ने कम्पनी हो । कुनै विश्वविद्यालयको डिग्री तपाइँको हातमा हुनसक्छ, तर यदि तपाइँसँग गठिलो तथा केटीलाई भुतुक्कै पार्ने जिउडाल छैन भने तपाइँ उक्त कम्पनीमा कामका लागि छनोट हुन सक्नुहुन्न । तपाइँको हिप मजबुत हुनुपर्छ ।

 घरेलु कामदार वा नोकरको खोजीमा रहेका मालिक महिलाहरुका लागि यी भाडामा ल्याइएका पुरुषहरु आपूर्ति गरिन्छ । ती पुरुषहरुले आफ्नी मालिक्नीको बर्थडे पार्टी, कर्पोरेट इभेन्ट्स तथा अन्य विभिन्न बेलामा काम गर्नुपर्छ । पाहुनाको आदर सत्कार गर्नु, रक्सी टक्राउनु पनि यिनीहरुको काम हो ।

यिनीहरुको जिउको माथिल्लो भाग निर्वस्त्र हुने भएपनि यिनीहरु मालिकनीको सेवाका क्रममा पूर्ण निर्वस्त्र हुन भने पाउँदैनन् । साथै उनीहरु नाच्न पनि पाउँदैनन् । यिनीहरुको ट्याग नै हुन्छ : चार्मिंग, इनोसेन्ट एण्ड जस्ट अ लिटिल चिकी ।

0 comments:

Post a Comment