इलाम: झ्यालबाट खसेर इलाममा एक बालकको शुक्रबार बिहान मृत्यु भएको छ।
पाँचथर जिल्ला रानीटार घर भई हाल इलाम नगरपालिका-८ स्थित फुपूको घरमा बस्दै आएका १० वर्षीय अभिषेक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
उनी पिपलबोटेस्थित आफ्नै फुपूको घरमा बसेर मन्टेश्वरी बोर्डिङ स्कुलमा अध्ययन गर्दै थिए।
झ्यालबाट बान्ता गर्ने क्रममा लडेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीन तला माथिबाट बान्ता गर्ने क्रममा अनारको रूखमा बजारिएर मृत्यु भएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए।
बालकको शवपरीक्षणका लागि इलाम अस्पतालमा राखिएको छ।
Thursday, May 5, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment