300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 5, 2016

Tagged under:

के मोदीले बिए पास गरेका छैनन्? मार्कसिट चाहियो मोदीको

नयाँ दिल्ली : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्ली युनिभर्सिटीलाई उपकूलपति योगेश त्यागीलाई पत्र लेख्दै प्रधानमन्त्री नरेन्द्र मोदी  बीएको सर्टिफिकेट सार्वजनिक गर्न मागेका छन्। ‘मोदीले दिल्ली युनिभर्सिटीबाट कुनै डिग्री नलिएको सुनिएको छ।

 स्रोतहरुले दिल्ली युनिभर्सिटीसँग पनि उन मोदीभर्ना, मार्कसिट वा अरु कुनै सूचना नरहेको जनाएका छन्,’ केजरिवालले पत्रमा लेखेका छन्। मोदीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै केजरिवालले पत्र लेखेपछि गुजरात युनिभर्सिटीले एमए पास गरिसकेको जानकारी दिएको थियो।

‘यदि उनले बीए पास गरेका छैनन् भने उनले कसरी एमएमा भर्ना पाए? यसले उनको एमएको वैधतामा नै प्रश्न खडा गरेको छ,’ केजरिवालले भने। मोदीले सन् २०१४ मा भएको निर्वाचनमा बीए र एमए गरेको जानकारी बुझाएका थिए। उनले पेश गरेको शैक्षिक योग्यताअनुसार सन् १९७८ मा मोदीले दुर शिक्षा अन्तर्गत दिल्ली युनिभर्सिटीबाट बीए पास गरेका थिए।

उनी राजनीतिशास्त्रका विद्यार्थी थिए। सन् २०१२ मा र २००७ मा गुजराजको निर्वाचनमा समेत उनले यही दावी गरेका छन्। गत अप्रिल २९ मा सेन्ट्रल इन्फर्मेसन कमिसनले दिल्ली र गुजरात युनिभर्सिटी दुवैलाई मोदीको शैक्षिक योग्यताबारे जानकारी दिन भनेको थियो।

 गुजरात युनिभर्सिटीले भने मोदीले ६२.३ प्रतिशत अंक ल्याउदै एमए पास गरेको जनाएको छ। दिल्ली युनिभर्सिटीले भने केही खुलाएको छैन। दिल्ली युनिभर्सिटीले त सुरुमा सूचना दिन नै मानेको थिएन।

0 comments:

Post a Comment