300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 5, 2016

Tagged under:

सोनाक्षी-मलाइकालाई टक्कर दिन रेखा-प्रियंका तयार,

बलिउडका दुई सफल कलाकार तथा नृत्यांगना साेनाक्षाी सिन्हा र मलाइका अराेरा खानलाई टक्कर दिनुलाई कस्तो चुनौती ठान्नु भएको छ भन्ने प्रश्नमा नायिका प्रियंका कार्कीले माइक समातिन् । उनले भनिन्-‘हामी सबै नेपाली कलाकार नृत्य गर्न सिपालु छौ ।

 बलिउडका कार्यक्रम स्तरिय हुनुको पछाडि त्यहाँको स्टेज, लाइट र कोरस हुन् । यसपटक हामीले त्यो पाएका छौ । यसैले चुनौती हामीलाई होइन, उहाँहरुलाई छ ।’ आफूरुले २ महिनादेखि तयारी गरिरहेको भन्दै नायिका कार्कीले यसपटकको प्रस्तुती बेजोड हुने बताइन् । नायिका रेखा थापाले चुनौती भन्दा पनि बलिउडका कलाकारलाई स्वागत गर्न आफूहरु तयार भएको बताइन् । नायिका निशा अधिकारीले यसपटक आफूहरुको प्रस्तुतीले बलिउडका चर्चित नायिकाहरुलाई स्वागत गर्ने मनासाय राखेको बताइन् ।

यो सामुहिक उत्सव भएको उनको भनाई थियो । सैनिक श्रीमति संघले काठमाण्डौको टुँडिखेलमा आयोजना गर्न लागेको ‘अमरपंक्षी’ कार्यक्रमका लागि नेपालका चर्चित नायिका तथा गायिकाले आफ्नो प्रस्तुती दिन लागेका छन् । नायिकाहरु रेखा थापा, निशा अधिकारी, सुष्मा कार्की, प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीले आफ्नो धमकेदार नृत्यले दर्शकलाई मनोरञ्जन दिनेछन् ।

यस्तै, मोडल साहाना बज्रचार्यले कार्यक्रम संचालन गर्नेछिन् भने गायिका इन्दिरा जोशीले सुरुवातको २५ मिनेटसम्म दर्शकलाई नचाउँनेछिन् । इन्दिराले आफ्नो चर्चित गीतबाट दर्शक झुमाउने बताइन् । भूकम्प पीडितहरुको सहयोगार्थ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । जसबाट २-३ करोड आम्दानी गर्ने र त्यो रकम भूकम्प पीडितका लागि खर्चिने आयोजकको योजना छ । नायिका निशा अधिकारीले टुँडिखेल मैदानमा आफ्ना लभ नम्बरमा नृत्य गर्ने बताइन् ।

 सुष्मा कार्कीले भने आइटम नम्बरमा नृत्य गर्ने जानकारी दिइन् । नायिका रेखा थापाले भने आफूले पहिलो पटक स्टेजमा प्रस्तुती दिन लागेको भन्दै महिला सशक्तिकरणको कुरा गर्ने बताइन् । तर, यसका लागि विशेष क्यानभास तयार पारिएको र त्यसअनुसार आफूले प्रस्तुती दिने रेखाको भनाई छ । यसपटक, नेपाली नायिकाहरुसँग ५० जना कोरस डान्सर पनि हुनेछन् ।

आयोजकले करिब १ करोडको खर्चमा यो कार्यक्रम गर्न लागेको बताएको छ । यस्तै, च्यारेटी कार्यक्रम भएपनि नेपाली र भारतीय कलाकारलाई टोकन रकम दिइएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । मलाइका र सोनाक्षी वैशाख ३१ गते शुक्रबार नेपाल आउनेछन् । उनीहरुको १८ जनाको टिम नेपाल आउने बताइएको छ ।

 जेठ १ गते दिउँसो ३ बजे टुँडिखेलको गेट खुल्ला गरिनेछ । करिब ३ घन्टा अवधीसम्म कार्यक्रम चल्ने बताइएको छ । दर्शकले कार्यक्रम हेर्नका लागि ५ सय, १ हजार, २ हजार ५ सय, ५ हजार र ७ हजारसम्मको टिकट खरिद गर्न सक्नेछन् । करिब ६० हजार दर्शकले यो कार्यक्रम हेर्ने अनुमान आयोजकले गरेको छ । नेपाली कलाकारलाई कोरियोग्राफर रेनशा राइले कोरियोग्राफी गरिरहेकी छिन् ।

0 comments:

Post a Comment