300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 5, 2016

Tagged under:

यसरी अदालतले नै पठायो१४ वर्षे बालकलाई जेल

बाँके । बाल न्याय कार्यविधि बालबालिकासम्बन्धी ऐन २०४८ र बालअधिकार महासन्धिले १६ वर्षमुनिकालाई विशेष कानूनी अधिकार दिएको छ । कानूनले स्पष्ट भनेको छ, १६ वर्ष उमेरभन्दा कम उेरका बालबालिकालाई पक्राउ गर्दा सादा पोसाकमा पक्राउ गर्नुपर्ने छ ।

बालमैत्री वातावरवरणमा सोधपुछ गर्नुपर्ने र नेल हत्कडी लगाउन पाइने छैन । उमेर पुगेका थुनुवाहरुसंगै थुनामा राख्न नपाईने, बालसुधार गृह वा चाहिएको बखत उपस्थित हुने सर्तमा अभाविकको जिम्मा लगाएर मुद्धाको अनुसन्धान गर्नुपर्ने छ ।

 तर बाँके जिल्ला अदालतले १४ वर्षका दुई बालकलाई चोरी मुद्धामा जेल चलान गरेपछि बाल अधिकारको विषयमा बहस सुरु भएको छ ।

चोरी मुद्धाको आरोपमा पक्राउ परेका दाङ घोराहीका रमण बूढा र सकिल राईलाई बाँके जिल्ला अदालतका न्यायाधीश बलराम त्रिपाठीको आदेश पछि वैशाख १६ गतेबाट कारागारमा राखिएको छ । चोरी मुद्धामा १ लाख ७५ हजार ५ सय रुपैयाँ जमानत दिन नसकेपछि थुनामा पठाइएको अदालतले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments:

Post a Comment