पुर्व पोर्नस्टार सन्नी लियोनले बलिउडका टप एक्टरहरु आफुसँग काम गर्न नरुचाउने अभिव्यक्ति दिएपछि धेरै बलिउड अभिनेताहरुले उक्त कुराको खण्डन गरेका थिए ।
सलमान खानले एक अन्तर्वातामा सन्नी लियोनबारे केही शब्दहरु बोलेका छन् ।
बलिउडमा हुने भेदभावलाई लिएर गरिएको प्रश्नको जबाफ दिदै सलमानले भने,‘बलिउडमा कसैले पनि तिम्रो गोत्र के हो भनेर सोध्दैन । बलिउडमा धर्म र जातको कुनै महत्व छैन ।
यहाँ राम्रो काम गर्नेलाई सबैले मन पराउँछन् । राम्रो काम गरे जो पनि बलिउडमा टिक्छ ।’
सलमान खानले सन्नी लियोनको उदाहरण दिदै भनेका छन्,‘जब सन्नी लियोन बिगबोसमा आइन् तब उनलाई धेरै फ्यानहरुले माया गरे । आज सन्नी लियोन बलिउडको ठुलो स्टार हुन् । राम्रो काम गरेसी मानिसहरु तपाई को हो भन्ने प्रश्नको पछाडि दौडिन छोड्छ ।’
यस अघि पनि आमिर खानले सन्नी लियोनको प्रशंसा गरेका थिए ।
Saturday, May 14, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment