300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 14, 2016

Tagged under:

नेपाली दर्शकको मायाले खुशी भै सोनाक्षीले टुडिँखेलमा गरिन् यस्तो वाचा ...

शनिबार साँझ काठमाडौंमा भएको अमरपंक्षी कार्यक्रममा सहभागी हुन नेपाल आएकी बलिउडकी चर्चित अभिनेत्रीले फेरी नेपाल आउने बाचा गरेकी छन्।

आफ्नो दुईवटा नाच प्रस्तुत गरेर टुडिँखेलमा उपस्थित हजारौं नेपाली दर्शकलाई मनोरञ्जन प्रधान गरेकी सोनाक्षीले प्रस्तुतिपछि उपस्थित दर्शकहरूलाई सम्बोधन गर्दै उक्त बाचा गरेकी हुन्। प्रस्तुति पश्चात मञ्चमा आएकी सोनाक्षीले ‘म केहि नबोली जान्न’ भन्दै नेपाली दर्शकको मायाबाट आफू प्रभावित भएको बताइन्।

 उनले भनिन्, ‘नमस्ते काठमाडौं कस्तो छ? मलाई यहाँ बोलाउनु भएकोमा धन्यवाद। धेरै दिनपछि प्रस्तुति दिदाँ मलाई साच्चै नै धेरै मजा आयो। तपाईहरूले मलाई दिनु धेरै माया दिनुभएको छ। मेरो कसम भो, म फेरी आउनेछु।’ सोनाक्षीले यति भनेपछि सारा दर्शकले उनका लागि चिच्याउँदै हुटिङ् गरेका थिए।

उनी पश्चात अर्की बलिउड अभिनेत्री मलाइका ओरोरा खानले पनि दर्शकहरूलाई माया र सम्मानका लागि ध्न्यवाद दिइन्। मलाइकाले यसो भनेर स्टेजबाट बाहिरिए लगत्तै सोनाक्षी फेरी मञ्चमा उक्लिन र काठमाडौं सेल्फी लिनैपर्छ भन्दै एउटा सेल्फी भिडियो पनि लिइन्। सोनाक्षीको दिएको यो वचन छिट्टै पूरा होस्।

0 comments:

Post a Comment