300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 10, 2016

Tagged under:

भारतले फेरि ठग्यो नेपालीलाई, भारतीय दूतावासबाटै यति ठूलो धोका ?

बागलुङ, २८ वैशाख । भारतीय दूतावासले चार महिनाअघि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई दिने भनेको एम्बुलेन्स अझै प्राप्त भएको छैन । गत माघ १२ गते (२६ जनवरी) मा भारतको ६७ औँ गणतन्त्र दिवसको अवसरमा उपहारस्वरुप अस्पताललाई एम्बुलेन्स दिने घोषणा भएको थियो ।

 अस्पताल विकास समितिका अध्यक्ष टीकाराम सापकोटाका अनुसार एम्बुलेन्सको ‘नमुना चाबी’ प्राप्त भएको छ, तर एम्बुलेन्स आएको छैन । यतिका समयसम्म एम्बुलेन्स नआउनुको कारणबारे आफू पनि अनभिज्ञ रहेको उहाँको भनाइ छ । अस्पताल विकास समितिका पूर्व अध्यक्ष कृष्णबहादुर केसीले गत महिना औपचारिक कार्यक्रम गरेर अस्पताललाई चाबी हस्तान्तरण गरे ।

आफू अस्पतालको अध्यक्ष हुँदा भारतीय दूतावासमा एम्बुलेन्स ल्याउन पहल गरेको केसीको भनाइ छ ।एम्बुलेन्सको सबै प्रक्रियाको बारेमा पूर्व अध्यक्ष कृष्ण केसीज्यूलाई थाहा छ, उहाँले चाबी पनि हस्तान्तरण गर्नुभएको हो, तर एम्बुलेन्स नआउँदा हामी पनि अचम्भित छौँ । एम्बुलेन्सको बारेमा सम्पर्क व्यक्तिनै उहाँ हो, मलाई पनि यसबारेमा त्यत्ति जानकारी छैन, दूतावासमा बुझ्ने प्रयास गरिरहेको छु ।’ सापकोटाले भने । पूर्व अध्यक्ष केसीले भने अस्पतालकै ढिलासुस्तीका कारण एम्बुलेन्स नआएको बर्ताए । उनले आफ्नो पहलमा एम्बुलेन्स दिने निर्णय भएको र चाबी समेत हस्तान्तरण भएको उल्लेख गरे । ‘अस्पतालले दूतावासमा बुझ्नुपर्यो, उसले दिन्छु भनेको छ, अस्पतालकै हेलचेक्राइँले आउन ढिलो भएको छ’ केसीले भने । एम्बुलेन्स आउन ढिलाइ हुनुको कारणबारे अस्पतालका अध्यक्ष, चिकित्सक, कर्मचारी सबै बेखबर छन् ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले अस्पताललाई चाबी मात्र बुझाइएको प्रतिक्रिया दिए । उनले डेढ वर्षदेखि अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएपछि बिरामीलाई सेवा दिन नसकिएको बताए। ‘अहिले अञ्चल अस्पतालमा एम्बुलेन्स छैन, बिरामीलाई महँगो भाडा तिरेर ट्याक्सी प्रयोग गर्नुपर्ने बाध्यता छ’ निरीक्षक खनालले भने, ‘भारतीय दूतावासबाट आउने भनिएको एम्बुलेन्स पनि आउन सकेको छैन ।’ घोषणा भएको र चाबी आएको समेत महिनौँ दिन बित्दा पनि एम्बुलेन्स नआउँदा अस्पताल व्यवस्थापन निरास बनेको छ । एम्बुलेन्स नै नआउने हो कि भन्ने आशङ्का पनि गर्न थालिएको छ ।

एम्बुलेन्स आउने भनेर प्रचार गरिएपनि चार महिनासम्म नआउँदा जनस्तरमा पनि शङ्का उब्जिएको छ । दूतावासमा पुर्याउनु पर्ने प्रक्रिया नपुगेर आउन ढिलाइ भएको हुनसक्ने जनाइएको छ । भारतीय दूतावासले गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न जिल्ला तथा अञ्चल अस्पताल, परोपकारी तथा शैक्षिक संस्थालाई ४० वटा एम्बुलेन्स प्रदान गरेको थियो । दूतावासले गणतन्त्र दिवसमा बर्सेनि नेपाललाई एम्बुलेन्स, बस उपहार दिँदै आएको छ । रासस dainiknepal

0 comments:

Post a Comment