रङ्गुन— बर्माका एक लेखकलाई लिङ्गमा पूर्व राष्ट्रपतिबारे कविता ट्याटु गरी लेखेको आरोपमा ६ महिनाको जेल सजाय सुनाइएको छ। माउंग सौंगखा नामका ती व्यक्तिले लिङ्गमा कविता लेखेको कुरा फेसबुकबाट जानकारी गराएका थिए।
लिङ्गमा ट्याटु बनाएर पूर्व राष्ट्रपति थिन सेनबारे कविता लेखेको उनले उल्लेख गरेका थिए।
२४ वर्षीय ती युवालाई अनलाइनमा कविता पोष्ट गरेको आरोपमा मानहानीको मुद्दा चलाइएको थियो।
अदालतले सजाय सुनाएसँगै उनी रिहा हुने भएका छन्।
सो अभियोगमा उनी ६ महिना बढी समयदेखि जेलमै छन्।
उनकी गर्लफ्रेन्डले कविता काल्पनिक भएको र उनको लिङ्गमा कुनै त्यस्तो ट्याटु नभएको दाबी गरिन्। करिब ५० वर्षसम्म सैनिक शासनपछि बर्मामा गत वर्ष चुनावमार्फत लोकतान्त्रिक सरकार स्थापित भएको छ।
सामाजिक सञ्जालमा आफ्नो राय प्रकट गर्ने धेरै व्यक्तिहरु बर्मामा सजायको भागिदार भइरहेका छन्। गत वर्ष फेसबुकबाट प्रधान सेनापतिको मजाक उडाउँदा एक महिलाले ६ महिना जेलमा बस्नु परेको थियो।
Tuesday, May 24, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment