300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 24, 2016

Tagged under:

युएईमा एक नेपालीको मृत्यु

युएई- धादिङ सेवा समाज अजमान क्षेत्रिय समितिका अध्यक्ष थान बहादुर गुरुङको मृत्यु भएको छ। धादिङ जिल्ला ज्यामरुङ -९ गैह्रेका थान बहादुर गुरुङको आज बिहान निधन भएको हो। गत बुधबार बिहान ४ बजे अचानक बेहोश भई ढलेका गुरुङको अजमान स्थित शेख खलिफा बिन जायद हस्पिटलमा उपचार गरिएको थियो। उच्च रक्तचापका कारण उनको हस्पिटलमै मृत्यु जनाइएको छ।

 गुरुङ विगत १७ बर्ष देखी युएईको अजमान स्थित स्क्याप फोल्डीङ कम्पनिमा कार्यरत थिए। पछिल्लो समयमा समाजसेवीको रुपमा परिचित गुरुङको घरमा आमा, छोरा छोरी, श्रीमति र ३ भाईहरु छन। गुरुङको मृत्यु बारे नेपाली दूताबास अबुदाबीमा अहिले सम्म खबर नपुगेको नेपाली दूताबासका दित्तिय सचिव कृष्ण अर्यालले बताए। उनका दुई भाईहरु युएईमै कार्यरत छन। गुरुङको शव मंगलबार सम्म नेपाल फर्काउने पारिवारीक श्रोतले जानकारी दिएको छ।

0 comments:

Post a Comment