काठमाडौं, २३ वैशाख ।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अगाडि पछाडि धेरै डनहरु हिड्ने गर्छन् ।
ललितपुरतिरका डन मिनकृष्ण महर्जनदेखि क्यासिनो किङ बलराम सापकोटा‘बले’ को यतिखेर सानेपास्थिति खड्का निवासमा बाक्लै आवत जावत हुन्छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
महानगरिय प्रहरी अपराध महाशाखाले मोष्ट वान्टेड सूचिमा राखेका बाफलका गुण्डा नाइके समिरमानसिंह बस्नेतले त खड्कालाई दिल्लीमा भेटेर आफूलाई प्रहरी कारबाहीबाट जोगाउन आग्रह गरेका थिए ।dhann
बस्नेतको दिल्ली पलायनसँगै उनकै सहयोगीका रुपमा चिनिने सामाखुसी क्षेत्रका कथित डन अर्थात गुण्डा नाईके महेश श्रेष्ठको यतिखेर अलि धेरै चर्चा हुने गरेको छ ।
विशेष गरेर खड्काको सानेपास्थित निवासमा उनी धेरै जाने गर्छन् ।
धेरै जसो काठमाडौंमा बसोबास गर्ने र बेलाबेला आफ्नो गृह जिल्ला दाङमा पनि जाने गरेका महेशको कारोबारका विषयमा प्रहरीले निगरानी गरिरहेको स्रोतले जनाएको छ ।
खुमबहादुरलाई कहिले काहिँ पैसा र गुन्डा आपूर्ति गराएर सहयोग गर्दै आएका महेश भनेपछि खुमबहादुर पनि हुरुक्कै हुन्छन् ।
महेश एक महिना नयाँदिल्लीमा बसेर बुधबार स्वदेश फर्केका नेता खड्काको स्वागतार्थ त्रिभुवन बिमानस्थल पुगेका थिए ।
केही कुन्डले र मुन्द्रेहरुलाई साथमा लिएर बिमानस्थल पुगेका महेशको चुरिफुरि देखेर प्रतिक्षालयमा बसेका सर्वसाधारणहरु पनि चकित परेका थिए ।
काठमाडौंको सामाखुसी र चक्रपथ क्षेत्रमा गुण्डागर्दी गर्दै आएको आरोप महेशमाथि छ । उनी टोले गुण्डाका नामले परिचित रहेको महानगरीय प्रहरी परिसरका एक प्रहरी अधिकारी बताउँछन् । वैदेशिक रोजगारीतिर महेशको अलि धेरै झुकाब छ ।
स्रोतका अनुसार उनले वैदेशिक रोजगारीमा विदेश जाने कामदारको लागि स्वास्थ्य परीक्षणसम्बन्धी मेडिकल सञ्चालन गर्दै आएका छन् ।
तर, यस विषयमा आधिकारिक पुष्टि भने हुन सकेको छैन । ठेक्कापट्टामा जबर्जस्ती असुली, हप्ता असुली, चन्दा आतंकलगायतका आपराधिक क्रियाकलापमा उनको नाम जोडिने गरेको छ ।
Thursday, May 5, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment