हट सेक्सी गायिकाको रुपमा चर्चित ज्योति मगरको चर्चित गित ‘पिरतिमा दमछ’, उहि मूलाको सिन्कि, जिम्बल बाउकि छोरि श्रीदेविको गीत र आफूले मोडेलिङ गरेर चर्चामा आएको ‘चोरी खान पल्केको ढाडे बिरालो’ लगायत दर्जन जति गीत गाएर दर्शकलाइ नाच्न बाध्य बनईन ।
अझ उनको बिच बिचमा सोल्टीहरु त साह्रो हट भन्दा त गर्मीले तातेको हलमा झनै लगाएको सट पनि फुकाली गायिकालाइ नै हट फिल हुने गरि नाचेर साथ दिएका थिए । जिम्बल बाउकी छोरी गित गाउदै दर्शक नचाउदै गर्दा समयको अभाबले अन्तिममा उनले पनि जाली रुमाल सोल्टीलाई बैना भो भन्दै स्टेज बिदाइसंगै उनि अष्ट्रेलीयामा धमाका मच्चाउन बुधबार हिडेकि छन् । j2 (1) मजदूर दिवसका दिन नेपालका रास्ट्रीय कलाकारहरु चर्चित लोक गायिका ज्योती मगर, भोजपुरी र मैथिली नायिका डोलि सरकार र गायिका प्रजिता गेलाल उपस्थित थिए ।
तोकिएको समय भन्दा केहि ढिला सुरु भएको कार्यक्रममा मलेसियामा मजदुरी गर्दै आफ्नो बचेको समयलाइ गित संगीतमा संलग्न कलाकारहरुले दर्शकको खल्लो पनालाइ मेटाइ भरपुर मनोरञ्जन दिलाएका थिए ।कार्यक्रममा गायिका प्रजिता गेलालले सिटि बजाउन मादल बजाउन अब म नाच्छु भन्दा दर्शक नाचेका थिए भने गाह्रो मलाइ बैँस सम्हाल्न भन्दा भन्दै गर्दा म सम्हाल्छु भन्दै दर्शकहरु स्टेजमा नै चढेर साथ दिएका थिए । अन्तिममा उनले आफ्नो हिट गित झुमी झुमी गाएर भरपुर दर्शकलाइ झुमाइ स्टेज तथा मलेसियालाइ बिधाइ गरि उनि पनि अस्ट्रेलिया फर्केकी थिइन ।
त्यस्तै नायिका डोलि सरकारले आफ्नो मातृ भाषाको रक्षा गर्दै पहिलो पटक दर्शकलाइ भोजपुरी र मैथिली गितमा हल भरिका दर्शकलाइ नचाइन उनको दुई वटा प्रस्तुती दिदा पनि वान्स मोरको दर्शक हुटिङ्ले पून नृत्य प्रस्तुत गरेकि थिईन । दर्शकले सरकारको नृत्यको खुब प्रशम्सा गरेका थिए ।
jyaket कार्यक्रमको बिच बिचमा मलेसियालाइ कर्म भुमी बनाएका प्रतिभावान कलाकारको खुलेर तारिफ गरेका थिए भने सिङ्गो प्रतिभा बिदेशी भुमिमा रहेको भन्दै रास्ट्रीय कलाकारबाट दुख पनि व्यक्त गरेका थिए। साझ ६ बजे सम्म चलेको कार्यक्रममा सबै सघ सस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, ब्यबसायिको उपस्थिति थियो भने आयोजकमा भिम तामाङ, राज के सी, अनिल चौधरी रहेका थिए ।
कार्यक्रम हेर्न दर्शकले टिकट काटे बापत लक्की ड्र को आयोजना गरिएको थियो उक्त कार्यक्रममा गुल्मि जिल्लामा आगलागी भएर एउटा गाउँ नै सखाप भएकोलेत्यहाँका पीडित जनतालाइ राहत दिलाउने हेतुले सहयोग पनि सकलन गरिएको थियो। अन्तिममा कलाकारहरुलाइ सम्मान पत्र र खादाले बिदाइ गरि कार्यक्रम समापन गरिएको थियो । कार्यक्रम रमेश मल्ल र मन्जु तामाङले संचालन गरेका थिए ।




0 comments:
Post a Comment