काठमाडौं, जेठ २ – आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ ।
बिहान साढे ४ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लासहित काठमाडौंमा पनि महशुस गरिएको छ ।
शनिबार बिहान ५ बजेर ५ मिनेट जाँदा पनि सिन्धुपाच्लोक नै केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।
पोहोर गोरखाको बारपाक केन्द्र विन्दु भएर ७ दशमलव ८ रेक्टरको परकम्प पछि ४ रेक्टर स्केलमाथिका ४५८ पटक परकम्प गइसकेको छ ।
Saturday, May 14, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment