फिनल्याण्डमा १० वर्षका एक बालकले फेसबुकको फोटो सेयरिङ एप इन्स्टाग्राममा 'बग' पत्ता लगाएका छन्। 'बग' पत्ता लगाएबापत उनलाई फेसबुकले १० हजार डलर पुरस्कार दिएको छ।
समाचार अनुसार इन्स्टाग्राममा एकाउन्ट बनाउने निर्धारित उमेर १३ वर्ष तोकिएपनि १० वर्षीय जेनीले कम्जोरी पत्ता लगाएका हुन् ।
उसले इन्स्टाग्राममा रहेको 'बग' पत्ता लगाएर त्यो पुरस्कार पाएका हुन् । उनले पत्ता लगाएको बगबाट दोस्रो प्रयोगकर्ताको इन्सटाग्रामको कमेन्ट समेत डिलिट गर्न सकिन्छ।
फेसबुकका अनुसार यो बग पत्ता लगेपछि तत्कालै सिस्टमलाई पुरानै अवस्थामा ल्याइएको हो। उनलाई पुरस्कार दिन धेरै समय पनि लागेन। यो खुलासा गर्ने बित्तिकै उसलाई फेसबुकको बग बाउन्टी प्राइज जित्न समय लागेन।यो सँगै जेनी फेसबुकको बग बाउन्टी पुरस्कार पाउने सबैभन्दा कम उमेरका व्यक्ति बनेका छन्।
रिपोर्टमा बताइए अनुसार उनले बग पत्ता लगाएपछि भनेका छन्, 'म कुनै पनि इन्सटाग्राम प्रोफाइलको कमेन्टलाई हटाउन (डिलिट गर्न) सक्छु। चाहे त्यो जस्टिन बिबरको होस वा अन्य कुनै सेलिब्रेटी वा हाइ पर्सनालिटीको।'
उसले फेसबुकलाई इमेल गरेर बगबारेमा बताउनेबित्तिकै फेसबुकले यसलाई परीक्षण गरेर तुरुन्तै सच्याएको थियो।
यो सबै घटना सन् २०१६को फेब्रुअरी महिनामा भएको हो।
हेल्सिन्कीमा बस्दै आएका यी बालकले फिनल्यान्डको पत्रिकालाई बताए अनुसार उनले पाएको पुरस्कारबाट नयाँ मोटरसाइकल, फुटबलका सामान र भाइका लागि लागि कम्प्युटर किनेका छन्।
Thursday, May 5, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment