काठमाडौं– गोरखाको फुजेल स्थायी घर भएका रामप्रसाद तिवारी काठमाडौंको रानिवन बस्थे ।
सोमबार राती ठमेलबाट रानिवन जाँदै गर्दा उनि चढेको ना. २८ प ९०५ नम्बरको मोटरसाईकल म्हैपी पुलमा एक अपरिचीत महिलाले रोकिन् ।
रातको समयमा लिफ्ट मागेकी महिलालाई उनले लिफ्ट दिनका लागी मोटरसाईकल रोके । तर बिडम्बना मोटरसाईकल रोकेको केहि छिनमै तिवारी लुटिए ।
तिवारीले मोटरसाईकल रोक्नासाथ ति महिलाले उनलाई नशालु पदार्थ सुँघाएर बेहोस बनाउँदै १० हजार नेपाली रुपैयाँ र १ हजार दुई सय अठासी अमेरिकी डलर लुटेर भागेको प्रहरीले जनाएको छ । म्हैपी पुल नजिकै अध्ँयारो झाडीमा मुखमा कालो मास्क लगाएर बसेकी अपरिचित महिलाको खोजि भईरहेको प्रहरीले जनाएको छ ।
Tuesday, May 17, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment