300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 17, 2016

Tagged under:

आर्यन सिग्देल भन्छन्: हिरो होइन एक्टर भइयो

काठमाडौं: धेरै चलचित्रमा एकै किसिमको लुक्स, गेटअप, संवाद र भूमिकामा देखिने कलाकारको सूची लामै छ । अभिनेता आर्यन सिग्देल पनि यिनैमध्येका एक हुन् । लभर ब्वाईको रूपमा पर्दामा फिट हुने आर्यनका धेरैजसो चलचित्रमा उनी चकलेटी हिरो नै छन् । करिब तीन दर्जन चलचित्रमध्ये अधिकांशमा उनी लभर व्बाई वा चकलेटी हिरोमै जमे । केही चलचित्रमा उनले एक्सन हिरोको भूमिका पनि निर्वाह गरे तर चलचित्र फ्लप भए । नाइके, आवेग, अलबिदाजस्ता चलचित्रमा आर्यनका एक्सन थिए ।

तिनले राम्रो व्यापार गरेनन् । रोमान्टिक हिरोमा जमेका आर्यनले पछिल्लो समयमा आफ्नो भूमिका परिवर्तन गरेका छन् । गोपीकृष्ण मुभिजको चलचित्र ‘होमवर्क' मा उनी फरक गेटअपमा आफूभन्दा ३० वर्ष जेठो मान्छेको रूपमा देखिनेछन् । यो चलचित्रमा उनको दोहोरो भूमिका छ । चलचित्रको पोस्टर, ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । त्यसैका आधारमा उनले प्रतिक्रिया पाउन थालिसकेका छन् । निम्न वर्गबाट संघर्ष गरेर करोडौंको मालिक भएको तर एक अक्षर नपढेको ६५ भन्दा बढी उमेरको बाबु र आधुनिक जमानामा हुर्किएको करिब २५ वर्षको छोराको भूमिकामा उनी देखिन्छन् । ‘अब चाहिँ हिरो होइन एक्टर भइयो जस्तो लाग्यो', एउटै चलचित्रमा ४० वर्ष फरकको दुई चरित्रमा अभिनय गरेका आर्यन भन्छन् । बाबु आर्यनलाई दर्शकले कसरी लिन्छन् त्यो त चलचित्र चलेपछि थाहा हुन्छ तर टिनएजबाट उकालो लाग्दै गरेको लभर ब्वाईबाट जीवनको उत्तरार्धमा हिँडिरहेको बाबु बन्दा उनी स्वयंलाई भने निकै रमाइलो लागेछ । दुवै किसिमको भूमिका हेर्दा आफूलाई फरक अनुभव हुने उनी बताउँछन् । ‘

छोराको सिन हेर्दा दिक्क लाग्छ', उनी भन्छन्, ‘बाबुको सिन मस्त छ ।' निरक पौडेल निर्देशित चलचित्रमा पनि उनले रोमान्स पनि गरेका छन् । उनीसँग अभिनेत्री नम्रता श्रेष्ठले रोमान्स गर्दै गर्छिन् । आमाको भूमिकामा भने गौरी मल्ल छिन् । चुलबुले केटामै राम्रो देखिने मान्छेले ७० छुन लागेको परिवक्व बूढोको भूमिकामा अभिनय गर्नु सजिलो थिएन । उनी जब चलचित्रमा अनुबन्धित भए त्यसपछि बूढापाका मान्छेको जीवनशैली अध्ययन गर्न थाले । बाटो हिँड्दा होस् वा रेस्टुरेन्टमा देखिएका पाका मान्छेको गतिविधि अध्ययन गर्न थाले ।

‘धेरै समयसम्म बूढामान्छेका क्रियाकलापलाई ध्यानपूर्वक हेरेँ', उनले अनुभव सुनाए, ‘तर खोजेजस्तो मान्छे भने भेटिनँ । जतिबेला आफैं त्यो गेटअपमा तयार भएर ऐना अगाडि उभ्भिएँ खोजे जस्तो मान्छे भने त्यतिबेला पाएँ ।' बाबुको भूमिकामा देखिन आफूले १० किलो वजन बढाएको उनी बताउँछन् । अघिल्लो वर्ष खुट्टाको लिगामेन्टको अपरेसन गरेका आर्यनलाई त्यसपछिको आरामले वजन बढाउन सघायो । यो क्रममा उनले आफ्नो नक्कली कपाल (विग) पनि खोलेर अभिनय गरे । ‘विग खोल्दा पनि त्यति बूढो देखिएन', उनले भने, ‘भएको कपाल अझ खुइल्याउनुपर्‌यो ।' अभिनयको क्रममा आर्यनले आफ्नो बुढेसकाल चाहिँ सोचेनछन् । ‘१७÷१८ वर्षको हुँदा ३० कटेपछि त बूढो भइन्छ जस्तो लाग्थ्यो,' उनले भने, ‘अहिले ३५ कटियो तर बूढो भएजस्तो लागेको छैन । अझै उस्तै जोस जाँगर भएजस्तो लाग्छ त्यसबेलाको कपडा पनि अहिले ठीक हुन्छ ।'

 त्यसै अब चाहिँ उनलाई बूढो भइँदैन कि जस्तो लाग्न थालेको छ रे । उनको भनाइमा चलचित्रमा छोराभन्दा बाबुको भूमिका धेरै छ । बाबुको अभिनय गर्दा उनको शारीरिक, मानसिक र भावनात्मक अवस्था नै परिवर्तन हुन्थ्यो । ‘छोराको रोलमा मेरो इनर्जी नै लस हुन्थ्यो', उनले भने, ‘डाइरेक्टरले धेरै पटक खोइ त आर्यनको इनर्जी भन्थे ।' स्कुल ड्रेस लगाएर तुमलेट बोकेर स्कुल गएको, कक्षाका विद्यार्थीले दुःख दिएको जस्ता दृश्यमा उनी देखिएका छन् । ‘स्कुल पढ्दा पनि कहिल्यै तुमलेट बोकिएन', उनले भने, ‘अहिले रमाइलो भयो । बच्चाले पनि रमाइलो माने, उनीहरूलाई सजिलो बनाउन क्यामेरा, एक्सन, कट नभनी सुटिङ गरियो ।' तीन दर्जन चलचित्रमा अभिनय गरिसकेका आर्यनले योभन्दा अघि लभर ब्वाईभन्दा फरक भूमिकामा अभिनय गरेनन त? ‘नदिएर रहेछ', उनले भने, ‘भूमिका पाएको भए जमिने रहेछ ।'

0 comments:

Post a Comment