विराटनगरः पूर्वोत्तर मोरङको खेलानालाबाट अवैध रुपमा ढुंगा ओसार्ने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
संस्थागत रुपमै खेलानालबाट अवैध तरिकाले ढुंगागिटी ओसार्न गिरोह नै सक्रिय रहँदै आएको थियो ।
प्रहरीले मोरङ टाँडी ५ हात्तीमारास्थित बैन पैदवारभित्र रहेको सफिया खोलाबाट अवैध रूपमा ढुंगा गिट्टी निकाल्दै गरेको अवस्थामा चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले को २ त ४३५, को २ त ७३, को १ त ४९२० र को २ त ३६१४ नम्बरका ढुंगा गिट्टी लोड गरीएका ४ वटा ट्याक्टरहरू चालकसति नियन्त्रणमा लिएको हो ।
अवैध ओसार पसारमा संलग्न तीनजना मानिसहरू पनि पक्राउ परेका छन् । सबैलाई आवश्यक कारवाहीको लागि ईलाका बन कार्यालय मंगलबारे मोरंगमा पठाईएको ।
Friday, May 6, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment