काठमाडौं : मेलम्चीस्थित गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस-सुन्तली फाउन्डेसनले दसैंअगाडि नै बस्ती हस्तान्तरण गर्ने तयारी गरेको छ।
एकीकृत बस्ती निर्माणमा लागि हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) जुटेका हुन्। उनीहरुलाई स्थानीयवासीले सहयोग गरिरहेका छन्।
निर्माणसँगै हास्य टेलिशृंखला ‘मेरी बास्सै’ पनि गिरानचौरमै छायांकन भइरहेको फाउन्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए।
‘छायांकनसँगै निर्माणको काम पनि साथसाथै अघि बढिरहेको छ,’ उनले भने, ‘अहिलेसम्म जुटेको सहयोगले मात्रै बस्ती निर्माण पूरा गर्न गाह्रो छ। जति छिट्टो सहयोग जुट्यो त्यति नै छिटो भूकम्पपीडितले नयाँ घर पाउनेछन्।
’
हालसम्म फाउन्डेसनको खातामा २७ लाख ५४ हजार रुपैयाँ सहयोग प्राप्त भएको र ‘गोफण्डमी’ मार्फत करिब १६ लाख रुपैयाँ प्राप्त भएको फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिइन्। श्रमदानसहित चार करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको बस्ती निर्माणका लागि सहयोग जुट्ने जारी रहेको उनको भनाइ छ।
‘आर्थिक सहयोगसँगै सिमेन्ट, रड, गिटी, बालुवा, जस्ता, खाद्यान्न लगायतका सामग्री पनि सहयोग गर्न सक्नुहुनेछ,’ उनले भनिन्।
सिन्धुपाल्चोकको मेलम्ची ८ मा पर्ने सो बस्तीमा अहिले भूकम्पले बनाएको भग्नावशेष हटाउने र जग्गा सम्याउने काम भइरहेको छ।
त्यहाँका ६५ परिवारका लागि एक घर, एक धारो, एक चर्पी, एक बगैंचा लगायतका संरचना निर्माण गर्नुका साथै बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय बनाउने फाउन्डेसनको उद्देश्य रहेको कट्टेलले बताए।
वैशाख १२ गते शिलान्यास गरिए पनि वैशाख २९ देखि निर्माणको काम सुरु भएको हो। यसअघि पनि विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा कलाकार धुर्मुस-सुन्तलीले काभ्रेको डाँडागाउँमा १८ घर रहेको एकीकृत नमुना बस्ती बनाएका थिए।
बस्ती निर्माण यसरी हुँदैछ। हेर्नुस् भिडियो-
Monday, May 16, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment