300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

बलिउडमा हलिउड फिल्मले सबभन्दा धेरै कमायो

बैशाख २६, एजेन्सी ।
२०१६ को पाँचौं महिनासम्म आइपुग्दा बलिउड बजारमा सबभन्दा ठूलो हिट फिल्म हलिउडको सावित भएको छ ।
यो पाँच महिनामा भारतीय बजारमा रिलिज भएका फिल्म मध्ये कमाइमा सबै हिन्दी फिल्ममा हलिउड फिल्म ‘जंगल बुक’ले उछिनेको छ । ‘जंगल बुक’ले अहिलेसम्म भारतमा १ सय ७१ करोड कमाएको छ । यसपछि धेरै कमाउनेमा बलिउड फिल्म ‘एयरलिफ्ट’ छ । यसले १ सय २७ करोड कमाएको छ ।

यस वर्ष यी दुई फिल्मले मात्र सय करोड कमाएका छन् । सुपरस्टार शाहरुख खानको फिल्म ‘फ्यान’ यस अवधिमा रिलिज भए पनि यसले सय करोड पनि कमाउन सकेको छैन । ‘फ्यान’ले ८४ करोड कमाए पनि लगानी धेरै भएकाले यो फिल्म फ्लप घोषित भएको छ ।

बरु, सोनम कपुरले मुख्य भूमिकामा अभिनय गरेको सानो बजेटको फिल्म ‘निरजा’ले ७५ करोड कमाएर हिट भयो । यी बाहेक यो वर्ष अहिलेसम्म धेरै कमाई गर्ने फिल्ममा ‘कपुर एन्ड सन्स’ले ७३ करोड, ‘बागी’ले ६२ करोड र ‘कि एन्ड का’ ५१ करोड कमाइ गरेका छन् ।

0 comments:

Post a Comment