300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

कहाँ पुगेनन् नेपाली!

गोवा (भारत)- नखेल्नू जुवा र तास

धनको नाश, जीवनको बनीबास...
जुवाडेलाई संकेत गरी जुवातास खेल्न हुन्न भन्ने सामाजिक सन्देशसहित तयार पारिएको यो गीत कुनै समय नेपाली संगीतका पारखीको मुखैमा झुन्डिएको थियो। भारतको पर्यटकीय सहर गोवाको समुद्रमाथि सञ्चालित डेल्टिन रोयाल क्यासिनोका ग्राहक देख्दा यो गीत सार्थक लाग्दैन। जब साँझ पर्न थाल्छ, ग्राहकको घुइँचो लागिहाल्छ। र, मध्यरातसम्मै खाल जम्छ।
शान्त समुद्रको आनन्द लिँदै जुवा खेल्न पाउनुलाई उनीहरू ठूलो प्राप्ति ठान्छन्। शुक्रबारदेखि आइतबारसम्म ग्राहकको ताँती नै लाग्ने रोयालका महाप्रबन्धक(फ्लस) निर्माण आचार्य बताउँछन्। जुवाका त्यस्ता खालमा सहभागी हुन केही नेपाली पनि गोवा पुग्छन्। 'क्यासिनोमा गएर रमाइलो गर्ने मेरो आदत छ। म आफ्नो व्यवसायमा धेरै मेहनत गर्छु अनि मनोरञ्जन पनि पूरापूर गर्न चाहन्छु,' रोयालमा भेटिएका भक्तपुरका नवीन शर्मा (नाम परिवर्तन) ले भने, 'नेपालमा सरकारले स्वदेशीलाई क्यासिनो प्रवेश निषेध गरेपछि यता आउन थालेको हुँ।' उनले आफू जग्गा कारोबारी भएको पनि बताए।

सरकारले नेपाली नागरिकलाई क्यासिनो खेल्न बन्देज लगाउँदा पुँजी पलायन भएको बताउँछन्, काठमाडौंस्थित एक क्यासिनोका सञ्चालक। 'नेपालीलाई यहाँ खेल्न नदिएर के गर्नु, गोवा, सिक्किम वा अन्त कतै गएर खेलिहाल्छन्,' उनी भन्छन्, 'एक प्रकारको मानवअधिकार हनन नै हो यो पनि।' नेपाली ग्राहक नहुँदा क्यासिनोले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ।

उता डेल्टिन क्यासिनोमा भेटिएका अर्का नेपाली भने आफूले पैतृक सम्पत्तिका रूपमा काठमाडौंको १५ रोपनी जग्गा प्राप्त गरेकोमा अब ३ रोपनीजति मात्र बाँकी रहेको बताउँछन्। 'लत लागिहाल्यो अब छाड्नै गाह्रो छ,' उनी भन्छन्, 'आफ्नै देशमा बसेर खेल्न पाएको भए किन यति टाढा आइन्थ्यो र!' निकै भावुक स्वभावका उनी समुद्र पनि हेर्न पाइने अनि जुवा पनि खेल्न पाइने भएकाले गोवामा दोहोरो फाइदा प्राप्त भएको ठान्छन्। प्रायजसो फ्लस खेल्ने उनी एकपटक खेलेपछि उठेर ४ तलामाथि रहेको क्रुजको छतमा जान्छन्। छतबाट रात्रिकालीन समुद्रको पर कतै उर्लिरहेको लहरको आवाज सुन्छन् र फेरि खेल्न फर्कन्छन्। 'जिन्दगीको मजा मलाई योभन्दा अर्को कुनै होलाजस्तो लाग्दैन', उनी भन्छन्। उनी रोयालका नियमित ग्राहक हुन्।

त्रु्कज क्यासिनोमा नेपालीको बाहुल्य

गोवाको क्रुजमा हाल चारवटा क्यासिनो बढी चलेका छन्। केही हालसालै बन्द भएका छन् भने नयाँ खुल्ने तयारीमा पनि छन्। गोवा सरकारले जमिनमाथि सञ्चालित क्यासिनोमा हातले खेलाउने (म्यानुअल) खेलमा बन्देज लगाएपछि क्रुज क्यासिनोमा लगानी सुरु भएको हो। क्यासिनोप्रेमीहरू म्यानुअल खेल बढी मन पराउँछन्। डेल्टिन रोयाल, डेल्टिन ज्याक, क्यासिनो प्राइड १ र प्राइड २ जस्ता धेरै चलेका क्रुज क्यासिनोका खाले अधिकांश नेपाली छन्।

करिब ४ सय कर्मचारी रहेको डेल्टिनमा ४० प्रतिशत कर्मचारी पनि नेपाली नै छन्। औसतमा ४० देखि ५० प्रतिशत नेपाली कर्मचारी गोवाका क्रुज क्यासिनोमा छन्। 'हामीले नेपालका अनुभवी कर्मचारी राख्दै आएका छौं,' रोयालका आचार्य भन्छन्, 'नेपालीलाई काम लगाउन सजिलो छ, इमानदारी र क्षमता दुवै गुण भएका नेपाली कर्मचारी राम्रो तलब सुविधा दिएर लिँदै आएका छौं।' आचार्य पनि नेपाली नै हुन्।

गोवाका क्रुज क्यासिनोमा काम गर्न आएका कर्मचारी प्रायः नेपालका विभिन्न क्यासिनोमा पहिला काम गरिसकेका अर्थात् अनुभवी छन्। नेपालको क्यासिनोमा बढी राजनीतीकरण भएकाले पनि आफूहरूले व्यावसायिक ढंगमा काम गर्न नपाएको उनीहरूको गुनासो छ। 'पछिल्लो समय त माओवादीले युनियनका नाममा राजनीति गरेर हामी क्यासिनोमा काम गर्ने मान्छेको रोजीरोटी नै लुटिदिएका छन्,' क्यासिनो प्राइड २ का एक नेपाली कर्मचारीले भने, 'गोवाका क्यासिनोमा राजनीति छैन, कमाइ पनि नेपालको भन्दा राम्रो छ। काम गर्न जान्नेको जागिर सुरक्षित छ यहाँ।'

क्यासिनो सहर गोवा

पर्यटकीय सहरका रूपमा ख्याति कमाएको गोवा यतिखेर क्यासिनो सहरका रूपमा पनि परिचित छ। यी क्यासिनोका अधिकांश ग्राहक भारतीय नै हुन्। कतिपय गोवाबासी आफूलाई भारतीयभन्दा पनि पोर्चुगाली भन्न रुचाउँछन्। सन् १९४७ मा भारत स्वतन्त्र भए पनि गोवा पोर्चुगलको नियन्त्रणमै रह्यो।

स्वतन्त्र भारत आफ्नो भूभाग विस्तार गर्ने अभियानमा थियो। सोही अभियानका सिलसिलामा अन्तर्राष्ट्रिय अदालत हेगको निर्णयअनुरूप सन् १९६० मा भारतले गोवालाई अधीनमा ल्याउन सफल भयो। त्यसपछि पनि गोवाका निम्ति अनेक द्वन्द्व र संघर्ष भारतको तत्कालीन सरकारले गर्नुपर्योई। पश्चिमी किनारामा रहेको सानो तर सुन्दर सहर गोवा प्राप्त गर्न भारतले थुप्रैपटक हतियारविहीन संघर्ष गर्नुपरेको थियो। गोवा आफ्नै अधीनमा राख्न पोर्चुगलले निकै कसरत गरे पनि सफल भएन।

0 comments:

Post a Comment