क्यानडाका अधिकारीहरुले तेलको शहर अल्बर्टास्थित फोर्ट म्याकमुर्रेमा विध्वंश मच्चाएको विशाल डढेलो चौबीस घण्टामा दोब्बर आकारको हुनसक्ने बताएका छन्।
अहिले आगो न्यू योर्क सीटी भन्दा ठूलो क्षेत्रमा फैलिएको छ।
हावाले आगो फैलाइरहेको छ।
आगो शहरबाट पर गइरहेको छ र धेरैजसो शहरबासीहरु अहिले सुरक्षित स्थलमा पुगेका छन्।
स्थानान्तरण
असी हजार भन्दा बढि मानिसलाई अन्यत्र स्थानान्तरण गरिएको थियो।
प्रान्तीय सरकारले शुक्रबार नै एक हजार वर्ग किलोमिटरमा आगो लागेको बताएको थियो।
जंगली आगो रोक्ने निकायका व्यवस्थापक चाड मोरीसनले भने- "शनिबारको दिन सकिँदा आगोको स्वरुप दोब्बर हुन सक्छ।
आगोले तेल उत्पादक केन्द्रहरुमा प्रभाव पार्दा उत्पादन घटेको छ
फोर्ट म्याकमुर्रेको उत्तर पूर्वमा रहेको टाढाको जंगली क्षेत्र सम्म आगो पुग्न सक्ने उनले बताए।
आगो लागेको ठाउँमा सुख्खा छ र दिउसोको तापक्रम २७ डीग्री सेन्टीग्रेड छ।
तर तापक्रम झर्न सक्छ, शनिबार र आइतबार पानी पर्ने संभावना पनि छ।
खोजी
अहिलेसम्म कसैको मृत्यु भएको या कोही घाइते भएको खबर छैन।
शुक्रबार पनि आगोमा ज्यान बचाउन सफल स्थानीयबासीको उद्दार गरिएको थियो।
घरबारविहिन मानिसहरु छुटेका छन् कि भनेर खोजी भइरहेको छ।
प्रान्तीय सरकारले आपतकाल घोषणा गर्दै उद्दार गरिएकाहरुलाई सात करोड ७० लाख डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ।
एक हजार भन्दा बढि वारुणयन्त्रहरु १५० वटा हेलिकप्टरहरु २९५ ठूल्ठूला बाहनहरु र २७ वटा हवाइ ट्यांकहरु आगो निभाउने प्रयत्नमा लगाइएको क्यानडाको सरकारले जनाएको छ।
यो क्षेत्र विश्वकै तेलको तेश्रो ठूलो तेल भण्डार क्षेत्र हो।
अर्थतन्त्रको चिन्ता
देशको एक चौथाई जति तेल उत्पादन रोकिएकाले क्यानडेली अर्थतन्त्रमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
केही तेलकेन्द्रहरु प्रत्यक्ष खतरामा परेका छन् भने केहीले तेल उत्पादन घटाएका छन्।
शुक्रबार दिउसो प्रधानमन्त्री जस्टीन ट्रुडोले क्यानडेलीहरुलाई उद्दार कार्यमा सघाउन दान दिन आग्रह गरेका थिए।
Saturday, May 7, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment