300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

हामी अलिअलि बौलाएकै हौंः बाबुराम

भरतपुर (चितवन):
भारतको नयाँ दिल्लीमा नयाँ शक्ति बनेको आम आदमी पार्टीको सिको गर्दै सडक सरसफाई गरेर चर्चामा आउन प्रयासरत नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक समृद्धिको कुरा गर्दा आफूहरुलाई मुर्ख र पागल भन्ने गरिएको बताएका छन् । ‘हो, हामी अलिकति मुर्ख, अलिकति पागल र अलिकति दुस्साहसी हौँ’ नयाँ शक्ति नेपालद्वारा चितवनको सदरमुकाम भरतपुरमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै डा. भट्टराईले भने, ‘हामीसँग नयाँ नेपालको समृद्धिको सपना र त्यसलाई पूरा गर्ने पागलपन छ ।’

 नयाँ कुराको सुरुवात आशंकाबाटै हुने बताउँदै डा. भट्टराईले नयाँ शक्तिबारे पनि आशंका र जिज्ञासा हुनु स्वाभाविक भएको बताए । ‘हामी अलिअलि बौलाएकै हो’ उनले भने, ‘इतिहासमा नयाँ र दुस्साहसपूर्ण काम गर्नेहरुलाई बौलाहा नै भन्ने गरिएको छ ।’ नयाँ शक्ति नेपाल लहडमा नभई देश र जनताको समृद्धिको लागि आएको उनको भनाई थियो ।

 ‘लोकतन्त्रको जगमा टेकेर नयाँ नेपालको निर्माण गर्नुपर्छ’ डा. भट्टराईले भने, ‘अबको दस वर्षभित्र गरिबी निवारण र दुई अंकको आर्थिक वृद्धि कसरी गर्ने भन्ने कार्यक्रम बनाउँदैछौँ ।’ नयाँ शक्ति नेपालका सचिवालय सदस्य मुमाराम खनालले एक लाख पार्टी सदस्यको प्रयासमा नयाँ शक्तिलाई आगामी निर्वाचनमा देशको पहिलो शक्ति बनाइने दाबी गरे ।

 नेपालले चीन र भारतबीच सामरिक सन्तुलन कायम राख्ने विदेश नीति अपनाउनुपर्ने उनको भनाई थियो । नयाँ शक्ति नेपालकी सचिवालय सदस्य एवं नायिका करिश्मा मानन्धरले गलत दिशमा हिँडेको राजनीतिलाई सही दिशामा डो¥याउनुपर्ने बताइन् । ‘हाम्रो देश बनाउने जिम्मेवारी हामी सबै नागरिकको हो’ उनले भनिन्, ‘देश समृद्धशाली भएन भने हामीले बनाएको पहिचानको के अर्थ ?’ नयाँ शक्ति नेपालका चितवन जिल्ला संयोजक रमेश रेग्मीको अध्यक्षतामा सम्पन्न आमसभामा सचिवालय सदस्यद्वय सुरेन्द्र चौधरी, ऋषभदेव भट्टराई, तीन नम्बर प्रदेश संयोजक बलावती पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । देशको समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनीहरुको भनाई थियो ।

0 comments:

Post a Comment