300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

ग्यास उत्खनन गर्ने चिनियाँ विज्ञ टोली नेपालमा, दैलेखबाट ग्यास निकाल्ने

काठमाडौं, २४ वैशाख ।
ग्यास खानी उत्खनन गर्ने चिनियाँ टोली दैलेख प्रस्थान गरेको छ । दैलेखमा भेटिएको सम्भावित ग्यासखानीको स्थलगत अध्ययनका लागि चिनियाँ विज्ञसहितको टोली शुक्रबार दैलेख प्रस्थान गरेको हो । टोलीमा उद्योगमन्त्री सोमप्रसाद पाण्डेपनि सहभागी छन् । नेपाल सरकार र चिनियाँ सरकारबिच भएको सम्झौताअनुसार काम सुरु गर्न चिनियाँ टोली नेपाल आएको र सो कार्यको सुरुवात दैलेखबाट गर्न लागेको मन्त्री पाण्डेले जानकारी दिए ।

 चीन सरकारसँग भएको सम्झौताअनुसार नेपालमा रहेको खानीहरुमा रहेको भण्डारण क्षमता पत्ता लगाउने र सम्भव भएमा उत्खनन्मा समेत सहयोग गर्ने कार्ययोजनाका साथ चीन सरकारको प्रतिनीधि मण्डल सम्झौता भएको एक महिनामै नेपाल आएको हो । टोलीमा चीन सरकारको तर्फबाट बरिष्ठ जीयोलोजिष्ट ज्याङ्ग दाक्युनलगायत ६ जना वैज्ञानिकहरुको सहभागिता छ ।

 विज्ञ टोलीले जिपियस जियोलोजिष्ट सिस्टमबाट अध्ययन गरी भण्डारण पत्ता लगाउने खानी विभागका पेट्रोलियम अन्वेषण शाखा प्रमुख सहसचिव सुधिर रजौरियाले जानकारी दिए । टोलीले दैलेखलगायत चुरे पहाड रेन्जका पाल्पा, धरानको चतरालगायतका स्थानमा २५ दिनसम्म अध्ययन गर्ने र अध्ययनपछि पत्ता लाग्ने परिमाणका आधारमा उत्खनन् गर्ने वा नगर्ने निर्णय गरिने खानी विभागले जनाएको छ ।

0 comments:

Post a Comment