300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

आफ्नै सन्तान मार्न खोज्नेलाई डाक्टरले आफ्नै रगत दिएर बचाए

बझाङ, वैशाख २४ – अबैध रुपमा गर्भपतन गराउँदा रक्तस्राव भएर सिकिस्त भएकी एक महिलालाई डाक्टरले रगत दिएर बचाएका छन् । दाँतोला गविस-६ रजाडाकी २४ वर्षकी पुतली देवी विष्टले गर्भपतन गराउँदा अत्याधिक रक्तस्राव भएको थियो । जिल्ला अस्पताल सिमखेतका प्रमुख डाक्टर विष्णु खतिवडा र डाक्टर आनन्द सिंहले आफ्नै रगत दिएर पुतलीदेवीको ज्यान जोगाएको मेडिकल अधिकृत डाक्टर मिलन सिलवालले जानकारी दिनुभयो ।

 डा. सिलवालका अनुसार विष्टको शरीरमा रगतको मात्रा निकै कम थियो । पुतलीदेवीको शरीरबाट अत्याधिक मात्रामा रगत बगेपछि ज्यान नै खतरामा परेको थियो । डाक्टरले रगत दिएपछि पुतलीदेवी अहिले खतरामुक्त हुनुभएको डा. सिलवालले बताउनुभयो । कसरी गर्भपतन गराइन पुतलीदेवीले ? दुई महिनाको गर्भपतन गराउन आफूले मेल विसौना गाविसमा रहेको खौला बजारको एउटा मेडिकलबाट ६ दिनअघि औषधी किनेर खाएको पुतलीदेवीले बताउनुभएको छ ।

‘गर्भपतन गर्न ६ दिन अघि औषधि किनेर खाएकी थिएँ, औषधि खाएको दुई दिनपछि अत्याधिक मात्रामा रगत बग्न थाल्यो’ उहाँले भन्नुभयो, ‘पछि गएर उठ्न नसक्ने भएँ, उठ्दा खेरी रिगाटा समेत लाग्न थाल्यो ।’ आफूले कुनै चक्की जस्तो औषधि खाएको बताउने पुतलीदेवीलाई औषधिको नामसम्म थाहा छैन । उहाँका एक छोरा र एक छोरी छन् । श्रीमान भारत रोजगारीका लागी जानु भएको छ । उहाँ सिकिस्त भएपछि छिमेकीले गएको गएको २३ गते विहीबार बोकेर जिल्ला अस्पतालमा ल्याएका थिए ।

 एक अस्पताल र दुई स्वास्थ्य केन्द्रलाई मात्र छ गर्भपन गराउने अनुमति बझाङमा जिल्ला अस्पताल सिमखेत, रायल प्राथमिक स्वास्थ्य केन्द्र, देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र औषधि खुवाएर गर्भपत गराउने स्वीकृत नेपाल सरकारले दिएको छ । तर बझाङमा रहेका सदरमुकाम चैनपुरका आसपासका मेडिकलमा र सबै गाविसमा रहेका मेडिकलले यस्तै गैर कानुनि काम गर्दै आएको डा. सिलवालले बताउनु भयो । डा. सिलवालका अनुसार औषधिको ३/४ सय रुपैयाँ पर्ने भएपनि यहाँका मेडिकल सञ्चालकहरुले १५ सयदेखि ३ हजार रुपैयाँसम्म लिने गरेका छन् ।

मेडिकलहरुमा औषधि खाएर तथा अबैध रुपमा गर्भपतन गराएर महिनामा १५ देखि २० जना महिला जिल्ला अस्पताल सिमखेतमा चेक जाँच गराउन आउने गरेको डा. सिलवालले जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले गैर कानुनी काम गर्ने ब्यक्तिलाई कारवाही गरीने बताउनु भएको छ । अहिले सम्बन्धित निकायमा कुनै पनि ब्यक्तिले यस सम्बन्धी उजुरी नदिएको उहाँको भनाई छ । हालसम्म प्रशासनले जिल्लामा रहेका कुनै पनि मेडिकलको अनुगमन गरेको छैन ।

0 comments:

Post a Comment