300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

खोलाले जीप बगाउँदा एकै घरका ३ जनाको मृत्यु

प्यूठान, वैशाख २५ – प्यूठानको भिंगृ–१, स्थित मुहानखोलाले जीप बगाउँदा तुलसीपुर–१९ उरहरी दाङका एकै घर परिवारका ३ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कदै गरेको जीप खोलाले बगाएको हो ।

शनिवार बा १४ च ३८३९ नम्वरको स्कार्पिओ जीपलाई ठाडो खोलाले बगाउँदा ६५ वर्षका सुकदेव खनाल, १९ वर्षकी विमला खनाल र १३ वर्षका अस्मिता खनालको घटनास्थलमै ज्यान गएको प्यूठानका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

 नाता खुल्न नसके पनि ज्यान गुमाउने ३ जना एकै परिवारका रहेको कुरुम्वाङको भनाई छ । दुर्घटनामा परी तुलसीपुर–१९ उरहरीका पाँच जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी निरीक्षक सुरेश शाहका अनुसार घाइते सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाईएको छ । गाडी चालक कवित चौधरी र अन्य दुई जना शकुसल रहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment