काठमाडौं, वैशाख २५– खोटाङको बाझेच्याँनडाडा ८ की रेविका राईको उपचारका लागि विभिन्न देशका कार्यरत नेपाली सहयोग जुटाउन लागिपरेका छन् ।
मुखको ट्युमरबाट पीडित १४ वार्षिय रेबिकाका लागि मलेसिया, कतार र जापानमा सहयोग जुटाउन सुरु गरेको मलेसियामा कार्यरत चिसाङ शेर्पाले जानकारी दिनुभयो । अहिले सम्म २३ हजार ८९ रुपैयाँ सहयोग संकलन भएको छ ।
काठमाडौं बुढानिलकण्ठमा बस्दै आएकी रेविकालाई गएको बुधबारद कुवेत, अमेरिका, दक्षिण कोरिया, कतार, हङकङ, नेदरल्यान्ड र युएईमा कार्यरत नेपालीले १० लाख १ हजार ६ सय ७७ रुपैयाँ सहयोग गरेका छन् ।
पाँच वर्षको उमेरमै मुखको ट्युमर भएकी रेबिकाको परिवारले चौथोपटक भारतको कोलकतास्थित लाइफलाइन नर्सिङ होममा अपरेसन गर्न पैसाको समस्या भएपछि सहयोग गर्न आग्रह गरेको छन् ।
Saturday, May 7, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment