300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

कश्मिरमा ३ बिद्रोहीको मृत्यु

वैशाख २५ –
भारत प्रशासित जम्मु–कश्मिरको पुलवामामा सरकारी सेना र बिद्रोहीबिच झडप भएको छ । शनिबार बिहान पुलवामा जिल्लामा भएको झडपको क्रममा सरकारी सेनाले चलाएको गोली लागेर तनि जना बिद्रोहीको ज्यान गएको छ । चरमपन्थी समूह हिजबुल मुजाहिद्दिनका तीन जना लडाकु मारिएको सेनाका प्रवक्ता एनएम जोशीले बताउनुभयो ।

श्रीनगरबाट झण्डै ४० किलोमिटरको दूरीमा रहेको पुलवामामा झडप भएको हो । मारिने चरमपन्थी स्थानीय रहेको र उनीहरुको साथबाट हतियार बरामद गरिएको सेनाले जनाएको छ । गोप्य सूचनाका आधारमा प्रहरी र सेनाले चरमपन्थीमाथि आक्रमण गरेको हो । दुई घण्टासम्म चलेको भिडन्तको क्रममा दुवै तर्फबाट गोली हानाहान भएको थियो ।

0 comments:

Post a Comment