300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 31, 2016

Tagged under:

रक्सी : किन कसैलाई ढिलो, कसैलाई चाडो लाग्छ ?

कोही यस्ता हुन्छन्– जो दुई पेग मदिरा चढाउनासाथ लर्खराउन थाल्छन्, लर्बराउन थाल्छन् । तर, कोहीलाई भने दुई पेगले छुँदा पनि छुँदैन र उनी पूरै होसमा रहन्छन् । अमेरिकी वैज्ञानिकले एक यस्तो जिनको खोजी गरेको दाबी गरेका छन्, जसका सहायताले किन कसैलाई रक्सी चाँडो लाग्छ, त्यो पत्ता लगाउन सकिन्छ । उनीहरुका अनुसार सिवाइपिटुई वन नामक यो जिन १० देखि २० प्रतिशत मानिसमा यो जिन पाइन्छ । यस जिनले रक्सीको लतसँग लड्न मद्दत गर्ने विश्वास पनि गरेका छन् उनीहरुले ।

नर्थ क्यारोलिना विश्वविद्यलयले भनेको छ– यस शोधको उद्देश्य मदिराको लतविरुद्ध लड्न सहयोग पु¥याउनु हो । क्लिनिक एन्ड एक्स्पेरिमेन्टल रिसर्च नामक जर्नलका अनुसार मानिसलाई मदिराप्रति ज्यादा संवेदनशील बनाउन सिवाइपिटुई वन जिनलाई औषधिका रूपमा दिन सकिन्छ । यसका मुख्य शोधकर्ता प्रोफेसर किर्क विल्हेल्मसन भन्छन्, ‘नशाको अचुक औषधि खोज्ने काममा हामीले अझै धेरै गर्न बाँकी छ, तर मदिराले दिमागमा कुन प्रकारले प्रभावित गर्छ, त्यसबारे यस जिनमार्फत धेरै जानकारी हासिल गर्न सकिन्छ ।’ मदिरा शरीरमा प्रवेश गरेपछि यसको केही हिस्सा एक इन्जाइमद्धारा दिमागमा पुग्ने गर्छ ।

सिवाइपिटुई वन जिन भएका मानिसमा मदिरा एकदम चाँडै दिमागमा पुग्छ । यही जिनमार्फत कसैलाई किन रक्सी चाँडै लाग्छ भन्ने कुरा बुझ्न सकिने प्रोफेसर विल्हेल्मसनको भनाइ छ । यस नतिजामा पुग्नका लागि शोधकर्ताहरुले २ सय जोडी विद्यार्थीमा प्रयोग गरिएको थियो । उनीहरू आफू मदिराको लत भएका मानिस नभए पनि उनीहरुका बाबुआमामध्ये एकजना भने मदिराको लतमा फसेका थिए । शोधकर्ताहरुले विद्यार्थीलाई अन्नबाट बनेको मदिरा र सोडाको मिश्रण दिएका थिए, जो औसतमा तीन पेग मदिरा बराबर थियो । केही अन्तरालपछि उनीहरू कस्तो अनुभव गरिरहेका छन् सोधिएको थियो ।

‘नशामा थिए कि, होसमा, निद्रा लागिरहेको थियो कि जागै थिए ?’ यस्तै प्रश्न सोधिएको थियो । शोधकर्ताहरुले यसको नतिजा सिवाइपिटुई वन जिन दिएपछि विद्यार्थीमा देखिएको असरस“ग तुलना गरेका थिए । यसपछि सिवाइपिटुई वन जीनले व्यक्ति धेरै हदसम्म मदिराको असर बढीे झेल्न सक्छन् कि सक्दैन भन्ने कुरा निर्धारण गर्छ । प्रोफेसर विल्हेल्मसेनले यसबारे अरू शोधको आवश्यकता देखेका छन् । ‘मदिराको लत एक जटिल रोग हो,’ उनी भन्छन्, ‘मानिस किन मदिरा पिउ“छन्, यसका धेरै कारण हुन सक्छन् । र, यो जिन केवल एक कारण हुनसक्छ ।’ प्रोफेसर कोलिन ड्रमन्ड भन्छन्, ‘रक्सीको वानी लाग्नुपछाडि परिवारको धेरै प्रभाव हुनसक्छ । ज“ड्याहा आमाबाबुका सन्तान ज“ड्याहा हुने सम्भावना चारगुणा बढी हुन्छ ।’

0 comments:

Post a Comment