डेल्धुरा, वैशाख २९ – श्रीमानको कुटाईपछि डडेल्धुराको बेलापुरकी एक महिलाले पाँच दिनको जंगलको बास
काट्नु परेको छ । घरमा श्रीमान हिमाल लोहारले सहि नसक्ने गरी कुट्न थालेपछि बेलापुर ७, चामाको राजी गैरा भन्ने ठाउँकी १८ वर्षे सुन्नरी बिक जंगलको बास बस्न बाध्य हुनु भएको हो ।
श्रीमानले कुटपिट गरेपछि आफू भागेर ५ दिन जंगलमा बसेको उहाँले बताउनुभयो । उपचारका लागि भनेर धनगढी जाने बसमा चढेकी उहाँको समस्या बसका यात्रुले थाहा पाएपछि प्रहरीमा गएर उजुरी गर्न सुझाव दिएका थिए ।
त्यहिँ सुझाव अनुसार उहाँ धनगढी जाने योजना परिवर्तन गरेर डडेलधुरा प्रहरीमा पुग्नुभएको हो । श्रीमानको कुटाईबाट घाइते भएकी बिकको शरीरमा कुटाइका नीलडाम छन् । खुट्टादेखि टाउकोसम्म घाउ तथा नीलडाम रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
महिलाको क्षेत्रमा काम गर्दै आएको महिला मुक्ति समाजको सहयोगमा उहाँले श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गराउनुभएको छ ।
श्रीमानले पटक–पटक आफूमाथि दुर्व्यवहार गर्दै आएको र पछिल्लो समय पीडा पनि दिन थालेको पीडित बिकले बताउनुभयो । बिकलाई अहिले महिला मुक्ति समाज डडेल्धुराको सेफ हाउसमा राखिएको महिला मुक्ति समाजकी महिला अधिकारकर्मी ज्ञानु सिजापतीले जानकारी दिनुभयो ।
Wednesday, May 11, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment